कलाकारको दशैं योजना र खर्च ,हेरौं कस्को कति ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कलाकारको दशैं योजना र खर्च ,हेरौं कस्को कति ?



14642631_1435762499774399_960344953_n
समिर प्रकाश पाण्डे

नेपालीहरुको महान पर्व वडा दशैंले सबैलाई छोइसकेको छ । सपिङ, अाफन्त भेटघाट, जुवातास, गाउँघर जाने मेसोमेलो  यि यस्तै रमझममा नेपालीहरुले दशैं सेलिब्रेट गरिरहेका छन् ।बर्षभरि  जागिर, अध्ययन, व्यापार , रोजगारको लागि परदेश वा अरु कामको सिलसिलामा घरबाट टाढा रहेकाहरुको घर फर्कने अवसरको रुपमा पनि दशैंलाई लिइन्छ ।साथीभाइ, घरपरिवार र आफन्तहरुबीच भेटघाट र खानपानको एउटा सुनौलो अवसर पनि हो दशैं , सँगसँगै मान्यजनहरु आशीर्वाद ग्रहण गरी जीवनमा अझै उन्नति र प्रगतिपथ तर्फ लम्कन प्रेरित गर्ने पर्व हो ।

यसै बिच दशैंको सेरोफेरोलाई मध्यनजर गर्दै हिमाल पोष्टका लागि समिर प्रकाश पाण्डेले  कलाकारलाई दशैं को योजना र खर्चको बारेमा नजिकबाट बुझ्ने कोसिस गरेका छन । हेरौ उनीहरुको विचार  जस्ताको तस्तै …….

14628250_1435731239777525_621545688_n
बिष्णु खत्री चर्चित लोक तथा दोहोरि गायक

बिष्णु खत्री

 दशैं हामी नेपालीहरुको महान पर्व त्यसमा पनि हामी कलाकारहरु झन यस्ता पर्व हरुमा कार्यक्रममै ब्यस्थ हुने गर्दछौ, सम्झेको ठाउँमा जानै पर्यो मेरो पनि खास योजना त केहि छैन दशैको अघिल्लो दिन संममा घरमा पुग्छु मान्यजनको हातबाट टिका जमरा ग्रहण गर्छु र अाफु भन्दा सानोलाई टिका लगाई दिने अाशिर्वाद दिने र पुराना साथी भाई संग भेटघाट गर्ने रमाईलो गर्दै पिङ खेल्न सोच छ यसपालि । मलाई दशैं भडकिलो मन पर्देन घाटि हेरी हाड निल्नु पर्छ , अाफ्नो संस्कृतिको जगेर्ना गर्ने र जुवाँ, ताज मधिरा रहित बनाउनु पर्छ मेरो खास खर्च केहि छैन परिवारिक खर्च र अाफुलाई अलि अलि सपिङ मात्र हो र अन्यमा देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली शुभकामना ब्यक्त गर्न चाहान्छु ।

बिमल राज क्षेत्री चर्चित लोक तथा दोहोरी गायक
बिमल राज क्षेत्री
चर्चित लोक तथा दोहोरी गायक

बिमल राज क्षेत्री  :
हामी कलाकार हरु बिशेष चडवाडहरुमा कार्यक्रम मानै ब्यस्त हुने गर्दछौ देश बिदेशका कार्यक्रमहरुमा भ्याउन पर्ने भएकोले घरमा परिवारलाई त्यत्ति समय दिन सकेका हुदैनौ, खर्च को कुरामा चाहि घर खर्च  बहेक अरुको किनमेल को लागि फुर्सद त्यति हुदैन  परिवारले आफ्नो हिसाबले  अलिअली किनमेल गर्दछन ।हामी कलाकार हरुलाइ मुख्य चाड हरु बहिरनै बढी कार्यक्रम हुनेहुनाले हाम्रो लागि घरपरिवार सङ रमाइलो गर्ने समय कम मिल्दछ,अन्य त्यस्तो खास योजना केही छैन हाम्रो परम्परा अनुसार सदाझै दशैं मनाउदै छु मैले पनि र अत्यमा देश तथा बिदेशमा रहनु भएका संपुण नेपालीहरुमा वडा दशैंको हार्दिक मंगल मय शुभकामना ।

कस्तुप पन्त: 

कस्तुप पन्त चर्चित सर्जक तथा गायक
कस्तुप पन्त
चर्चित सर्जक तथा गायक

यसपाली को दशै कर्म थलो काठमाडौ लाई बनाए पनि मेरो जन्म घर पर्बत लिमिठाना घरमा नै  मनाउन जादै छु, ९२  बर्ष कि हजुर आमा हुनुहुन्छ आमा बुबा  मान्यजन को हात बाट टीका, जमरा तथा आशिर्वाद  लिने तयारीमा छु, दशै लाई तडक भडक बनाउने त्यति राम्रो हैन त्यसैले आफ्नो गक्ष अनुसार खर्च गर्ने तयारिमा छु र अन्त मा सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुलाइ बिजया दशमी को मंगलमय शुभकामना।

दुर्गा पंगेनी :

दुर्गा पंगेनी गितकार तथा कलाकर्मी
दुर्गा पंगेनी
गितकार तथा कलाकर्मी

 

दशैं दश बर्ष अगाडी मेरो लागी जती रमाईलो थ्यो त्यत्ती रमाईलो अहीले अनुभव भईरहेको छैन । मैले ढिलो गरी बुझेंछु दश वर्ष अगाडीको रमाईलो अहिले जिम्मेवारीमा बदलिईसकेको रहेछ । त्यही जिम्मेवारी लाई मनोरन्जनात्मक बनाउदैछु । दशैं मा खास योजना त त्यस्तो केही छैन बार्षीक रुपमा पुर्ख्यौली घर जाने टिका लगाउने आशीर्वाद लिने दिने ईत्यादी नै हुन । खासगरी सबै आफन्त संग भेट्ने सुख दुख साटासाट गर्ने र आराम गर्ने योजना छन । कसैसंग तिक्तता बढेको रहेछ भनेपनि यो फुर्सदको समयलाई त्यो तिक्तता हटाउने मौका को रुपमा उपयोग गर्नेछु । उमेर संगै बढ्दै गईरहेको पेट को साईज नियन्त्रण गर्न यो दशैंमा खानामा उल्येख्य कटौती गर्नेछु । खर्चको हिसाव पनि त्यस्तै मिश्रीत कीसीमको रहेको छ । अहिल्यै दशैंमा यत्तीनै खर्च होला भनेर निर्क्यौल गर्न गाह्रो छ । बालबच्चाको किनमेलमा २०/२५ हजार जती र श्रीमतीको किनमेल ३५/४० हजार जतीको रह्यो, त्यसमा केही गीफ्ट हरु पनि होलान । मेरो लागी खासै किनमेल गरिएन । मैले यौटा चस्मा कीनें घर पुगेर फर्कदा बाटोखर्च ८/१० हजार हुन्छ । १०/१५ हजार सम्मको यौटा खसी अनी १०/१५ हजार जती दक्षिणा छुट्याउदा यो दशैंको खर्च एकलाख हाराहारी हुने अनुमान गरेको छु ।

received_1256511644388686
देवि घर्ती मगर (ढकाल) लोक तथा दोहोरी गायिका

देवि घर्ती मगर ( ढकाल) 
दसैंका बिभिन्न कार्यक्रमहरुमा अली ब्यस्त भईरहेकी छु स्याङ्जा, पाल्पा ,नवलपरासी बुटवल ,रोल्पा ,गुल्मी, नेपालगन्ज, कपिलवस्तु ,गोर्खा ,लगायतका कार्यक्रम सक्नु पर्ने छ, दशैको टिकाको एक दिन अगाडि घर जादै छु ,परिवारसँग बसेर रमाइलो गर्दै यसपालिको दसैं मनाउने छु । सारा नेपालीले जसरी मनाउनुहुन्छ त्यसैगरी नै मनाउदैछु म पनि , टिका जमरा लगाउने, अाफु भन्दा ठुला मान्यजनबाट आशिर्बाद लिने गरेर दसैं मनाउने योजना छ , खर्च त खासै हुदैन मन परेको कपडा यता उता पहिले नै किनिसकिएको हुन्छ कार्यक्रमहरुमा हिड्दा र अत्यमा सबै नेपालीहरुमा वडा दशैको हार्दिक मङ्गलमय शुभकामना ।

 

निर्जन थापा नायक तथा मोडल
निर्जन थापा
नायक तथा मोडल

निर्जन थापा 
दशैकाे लागि भनेर सपिङ्ग गरेको चाहिँ मलाई अहिलेसम्म याद छैन ।आफुलाई राम्राे लाग्याे भने किनिहाल्ने मेराे बानी छ।बरु घरकाे लागि च्याङ्ग्रा ल्याउने र घरमा आवश्यक सरसामान ल्याउन चाहिँ सहयाेग गरिदिन्छु।दशैकाे लागि खासै याेजना नभएपनि पाेखरा (घर)गइन्छ अनि संयाेगले दशैकाे दिन नजिकैको साथीकाे बिहे छ,त्यसैले साथिकाे बिहेमा रमाईलाे गर्ने प्लान छ।मलाई तास खेल्न खासै आउँदैन ,रक्सि पिँउदिन तर च्याङ्ग्राकाे मासुसँग सेलरोटी खान चाहिँ निकै मन पर्छ।अनि दशैमा सबैभन्दा रमाईलाे लाग्ने चाहिँ आफुभन्दा सानालाई टिका लगाइदिएर भट्भटाउँदै आशिक(funny type ko)दिन मन पर्छ।आफ्नो लागि दशैमा सपिङ्ग नगर्ने हुँदा दशै खर्च पनि कम ५ -६  हजारले पुग्छ।अत्य  हिन्दुहरुकाे महान चाड वडादशैकाे देशविदेशमा रहनुहुने सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छु। 

मुना थापा चर्चित लोक दोहोरी गायिका
मुना थापा
चर्चित लोक दोहोरी गायिका

मुना थापा

दसैंको मुखमा बिभिन्न किसिमका कार्यक्रमहरुले गर्दा धेरै ब्यस्त नै भईन्छ । त्यसैले घरमा त दशैको दिन संम पुग्छु होला   घरमा बसेर टिकाको दिन मान्यजनको हातबाट टिका जमरा लगाएर आशिर्बाद लिदैछु । अन्य मान्यजनहरुसँग बसेर रमाउदैछु कार्यक्रममा कहिले कहाँ कहिले कहाँ जाने  हुँदा यो समयमा वरपरका
धेरै आफन्तजनलाई भेट्ने कार्यक्रम समेत रहेको छ ।अन्य अन्य बर्षजस्तै आफ्नो परिवारलाई समय दिएर मनाउदैछु । खर्चको योजना त त्यस्तो केहि छैन तर दशै मनाउन र परिवार सँग रमाइलो गर्न को लागि हुने खर्चमा कमी गर्दिन ।

बिजय जङ थापा 

बिजय जङ थापा मोडल
बिजय जङ थापा
मोडल

दशै भनेको नेपालीहरुको महान चाड हो वर्षमा एक पटक आउँछ ।सबै घर परिवार देखि लिएर ईष्ट मित्र आफन्तहरु भेट्ने चाड पर्व हो यही चाड पर्वमा सबैसँग भेट हुन्छ ।दशैमा सबै सँग भेट गर्ने , आफुभन्दा ठुला बडाको हातबाट  टिका ग्रहण गर्नुको साथै आशिर्वाद पनि लिईन्छ र अाफु भन्दा सानोलाई टिका लगाई दिने अर्शिर्वाद दिने तास खेल्ने यस्तै यस्तै हो ।साथै आफ्नो खर्चले भ्याए अनूसार रमाईलो गर्नु पर्छ ।

                                      शिर्जु अधिकारी 

शिर्जु अधिकारी गायिका तथा मोडल
शिर्जु अधिकारी
गायिका तथा मोडल

यसपालिको दशैँ सबै आफन्ती सँग भेटघाट गरेर , मान्यजन बाट टीका थापेर अनि टिकाको दिन भन्दा अगाडि केही प्रोग्रामहरुमा दर्शक अनि सुभचिन्तकको साथमा नाँच्दै गाउँदै पनि रमाइलो गर्दै छु । कलाकार भएको नाताले अाफ्नो काममा बढि ध्यान दिनु पर्ने हुन्छ त्यसैले घरमा त्यति बस्न पाउदिन होला तर पनि टिकाको दिन संम मा घर पुगेकै छु अाज संम दशैंमा खर्च त हुन्छ तर चाहिने भन्दा बढि तडक भडक गरेको मलाई मन पर्देन त्यसैले अाफुलाई चाहिने सपिङ गरेकि छु खर्च धेरै गर्नु पर्छ भन्ने मान्यतामा छैैन मेरो, यस्तै यस्तै हो पहिला पहिला जस्तै यस पालिको दशैंपनि  र अन्यमा संपूर्ण देश तथा बिदेशमा बस्नु हुने नेपालीहरु वडा दशैंको हर्दिक मंगलमय शुभ कामना दिन चाहान्छु ।

 

राजु ढकाल 
त्यस्तो मसँग खासै योजना त केही छैन प्रोग्रामहरुमा हुन  प्रोग्रामहरुमै बिजि  हुन्छु

राजु ढकाल लोक दोहोरी गायक तथा मोडल
राजु ढकाल
लोक दोहोरी गायक तथा मोडल

र टिकाको दिनमा घर गएर टिकाटाला लाउने आफू भन्दा ठुला आमा बाबुको हातबाट अार्शिवाद लिने आफ्नो संस्कृती हो चाडपर्वलाई चाहि हामीले जोगाई राख्नु पर्छतथा मान्नु पर्छ भन्ने धारणा हो र मलाई चाहि यो भडकीलो चाड पर्व मनाको मन पर्दैन र काटमार पनि सकभर काटमार नगर्दा राम्रो मलाई खास काटमार पनि मन पर्दैन ।यो खर्चको बारेमा अब मलाई त्यस्तो दशैमा बढी खर्च गर्ने जुवा तास खेल्ने भन्दा पनि मलाई चाहि साथीसँग भेटेर रमाईलो कुराकानी गर्ने पिङ खेल्न गर्न मन पर्छ  र बढी खर्चमा चाहि ध्यान दिन्न मेरो विशेष ध्यान चाँही हामीले चाडपर्वलाई बचाउनु पर्छ र चाडपर्व रमाईलो तरिकाले मनाउनु पर्छ भन्ने मात्र हो र आफ्नो घाटी हेरेर हाँड निल्नु होला भन्न चाहन्छु अरुको देखासिकी भन्दा पनि आफु सँग जे छ आफ्नो स्तर जुन त्यहि अनुसार मनाउनुहोला भन्न चाहान्छु । फूलपातिका दिन देखि नै गाँउ गएर मनाउँन चाहि अलि कलाकार भैसकेपछि अलि समयले साथ नदिदो रहेछ कि चाहि फूलपातिका दिन देखि प्रोग्राम जानलाई क्यान्सिल गर्नु पर्ने बाध्यता हुन्छ  आफ्नो पेशा पनि यहि भएको कारणले चाहि अहिले चाही हामी यहि पेशातिर नै बढी ध्यान केन्द्रित गरेका छौ । चाडपर्वहरु पनि मान्नु पर्ने भएकोले टिकाको दिन सम्म घर पुगिन्छ र टिकाको भोलि पल्ट प्रोग्राम छ र खासै दशैमा गाँउ घरतिर बसाई चाई लामो छैन  ।

 चन्दा अर्याल 

चन्दा अर्याल लाेक तथा दोहोरी गायिका
चन्दा अर्याल
लाेक तथा दोहोरी गायिका

मेराे यस बर्षको दशै पनि पहिला पहिला  को जस्तै गरि बित्छ २२ गते फुलपाती को दिन घर गईन्छ र गाँउ  मा रमाईलो का साथ बित्छ  सबै आफन्तहरुसँग भेटघाट हुन्छ, घर मा सबै  जना जम्मा हुन्छौ  र घर मै टीका लागाईन्छ अनि  मामाघर पनि  नजिकै छ मामाघर गईन्छ एकदमै रमाईलो लाग्छ मामाघर जान भने पछि । मेरो १०५ वर्ष पुरा गर्नु भाको  हजुरआमा हुनुहुन्छ  उहाँ  मेरो कान्छो काका संग  बस्नु हुन्छ  घर टाढा छ लगभग १ दिन लाग्छ जानलाई गाडीमा त्यहाँ पनी समय मिलाएर टिका लगाउन जान्छु  हजुर अामाको आशिर्वाद लिन्छु । दशैको तयारी भन्नु पर्दा खासै  त्यस्तो त केही छौन हल्का हल्का सपिङ  गरियो । दशैको समयमा धेरै कार्यक्रम हुने भएकोले बिजी पनी थिए  फुलपाती को २/३ दिन अघि देखी चै म कार्यक्रमहरुमा हिड्दिन  घरबाट दिनु हुन्न दशैको समय मा धरै दुर्घटनाहरु हुने गरेको छ त्यसैले टाढा टाढाको कार्यक्रम मा पठाउनु डराउनु हुन्छ  । नवमीको दिन  गाउँ   मै एउटा कार्यक्रम छ त्यस मा सहभागी हुन्छु त्यही हो ।खर्च भन्नु पर्दा सबै भन्दा बदि खर्च हुने भनेकै दशैं मा हो घर को लागी चाहिने सामान सबै किनेर लैजान्छु  र आफ्नो लागी पनी हल्का ड्रस ब्याग जुत्ता हरु किनेकि छु  र आमा लाई चै कहीले छुटाऊदीन कपडा हरु जहीले लग्दीन्छु, त्यो भन्दा बाहेक अरु लाई चै मन परी हाल्यो र सुहाऊने रहेछ भने किन्दीन्छु ।

शालु गौतम 

शिलु गौतम डान्सर तथा मोडल
शालु गौतम
डान्सर तथा मोडल

मेराे त्यस्तो खासै केही याेजना छैन, प्राेग्रामहरु छन् त्यसैले परिवार सँग बसेर दशै मनाउन नपाइने भएकाेले मेराे यसपालि दशैमा खासै खर्च नहुने जस्तो देखिएको छ ,यसपालि दशै देशबिदेशका दर्शकहरू सँग मनाउने तयारिमा छु , प्रोग्रामको लागि मलेशिया, जापान लगायतका देश जादै छु र अत्यमा सबैलाई वडा दशैको शुभकामना ।

 

                                      तेजश रेग्मी 

तेजश रेग्मी लोक दोहोरी गायक
तेजश रेग्मी
लोक दोहोरी गायक

मेरो त्यस्तो ठूलो योजना छैन दशैको प्रोग्राम का लागी बुटवल,पर्बत ,बाग्लुङ, मा जानी योजना छ ।खर्च मेरो त्यस्तो हूदैन हल्का साथी भाई संग अाफन्त संग खान पिन लाई मात्र हो ,दशै मेरो घर बाग्लुङ गाउमाँ बुवा आमा संग मनाऊछु  ।मेरो लागी नयाँ कुरा के छ भने यही साल बिहे गरेको हुदा ससुराली जानी योजना छ र नयाँ जुवाई  को नया महसूस यहि हो मेरो अहिलेको मुख्य दशैं ।

अलिसा सिहं
मान्छे एक श्रमजीवी प्राणी हाे।ऊ आफ्नो जिविकाेपार्जकाे लागि एक ठाउँबाट अर्को ठाउँ

अलिसा सिहं मोडल तथा निर्देशक
अलिसा सिहं
मोडल तथा निर्देशक

मा जाने गर्दछ,यसै क्रममा म सहित लाखौं नेपाली हरु विदेशमा प्रवासि जीवन बिताइरहेका छाैँ।नेपाल र विदेशमा रहनु हुने  सम्पूर्ण नेपालीहरुलाई विजयदशमीकाे शुभकामना दिन चाहन्छु ।नेपालमा हुँदा नयाँ लुगा लगाउने,आफुभन्दा ठुलाबडाकाे हातबाट टीका लगाउने र साथीहरू सँग मिलेर पिङ खेल्न गइन्थ्याे।दशै आयाे भनेपछि छुट्टै किसिमको उमंग मनमा आउथ्याे।अहिले करिब सात वर्षबाट मैले दशै काेरियामा नै मनाउँदै आईरहेकी छु।विभिन्न संस्थाले आयाेजना गरेकाे दशै कार्यक्रममा गएर सामुहिक दशै मनाइन्थ्याे,यसपाली म काेरिन साथीहरु सँग दशै मनाउँदै छु,फेसबुकमा दशैकाे रमझम देख्दा नेपाल जान मन लाग्छ ।दशैमा काेरियाकाे Jeju island मा घुम्न जाँदैछु खर्च लगभग १ लाख मात्र,प्लेनभाडा३० हजार,घुम्ने बस्ने र खाने खर्च  ७०  हजार यसपालिको दशैमा सपिङ्ग गर्ने प्लान छैन ,दशैकाे सट्टा एक महिना अघि काेरियन दशै थियो ,त्यसमै सपिङ्ग गरेकाे छु दशै सम्मलाई पुग्ने गरेर।

 

कृष्टिना थापा मोडल
कृष्टिना थापा
मोडल

कृष्टिना थापा 

 

मेरो दशैको योजना आफू भन्दा ठुला बदाको हात बाट दशै को टीका लगाउने आशीर्वाद लिने आफ्नो बच्चा देखिको साथी हरु सग भेटघाट गर्ने घुम्न जाने , पिङ खेल्ने यस्तै यस्तै अनि खर्च  भन्नू पर्दा सायद यति उति भनेर भन्न सक्दिन धेरै नै हुन्छ मलाई सपिङ गर्न एकदम मन पर्छ अाफुलाई मन परेको कुराहरु किनी हाल्छु दशैमा मात्र हैन मेरो सपिङमा खर्च अरु बेला पनि भैरहेको हुन्छ  ।

हरि डाँगी

हरि डाँगी लोक दोहोरी गायक
हरि डाँगी
लोक दोहोरी गायक

त्यस्तो विशेष केही छैन सधै जस्तै हो  मान्यजन बाट टिका लाउने अाशिर्वाद लिने अाफु भन्दा सानोलाई टिका लगाई दिने अाशिर्वाद दिने र दशैमा सबै साथीहरु जम्मा हुने भएकोले साथी हरु सग भेटघाट परिवार सग रमाइलो गर्नेयस्तैयस्तै केहि प्रोग्रामहरु छन त्यता नि समय दिनु पर्यो अनि खर्च त साथी भाइ हरु सग भेटघाट हुदा अलि अलि भैहाल्छ , सपिङमा अलि अलि मलाई परिवारहरुलाई ,यसरी नै मनाउने बिचार छ ।

 

शिवम पोखरेल 
दशै खासै विशेष छैन मेराे,दशैकाे मुखमा बिरामी भएर सुतियाे कामहरु पनि लथालिङ्ग भए,अब सामान्य

शिवम पोखरेल निर्देशक तथा मोडल
शिवम पोखरेल
निर्देशक तथा मोडल

तरिकाले घरमै बसेर परिवारसँग मनाउने योजना छ , बिरामी परेकोले खानपिनमा ध्यान दिन पर्यो कार्यक्रमहरुमा पनि नजाने भए पछि खर्च खासै छैन मेरो यो दशैंमा, तरपनि सम्पूर्ण देशविदेशमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुमा विजयदशमीकाे हार्दिक मंगलमय शुभकामना व्यत्त गर्न चाहान्छु।

प्रकाश सपुत 

प्रकाश सपुत लोक दोहोरी गायक
प्रकाश सपुत
लोक दोहोरी गायक

दशैमा प्राय जसो कार्यक्रमहरुमा नै ब्यस्त भइन्छ केही दिन अगाडि देखि नै त्यो हिसाबले किनमेलमा तेति धेरै समय दिन सकिदैन र प्राय जसो कार्यक्रमहरुमा हिड्दा सुटिङ्गहरु परिरहने भएको हुनाले कपडाहरु अथवा आफुलाई चाहिनेसामानहरु नर्मल टाईममा पनि उत्तिकै सपिङ गर्नु पर्ने भएको हुनाले दशैको लागि स्पेशलि सपिङ चाहि हुदैन र कहिले काँही केहि मात्र भै हाल्छ पनि दशैको योजनाहरु चाहि कार्यक्रमहरुमा अघिल्लो दिन सम्म व्यस्त छु।टिकाको दिन चाहि म प्राय घरै पुग्ने गरेको छु , तर यसपालि चाँहि टिका नभएको हुनाले घर सायद गैदेन होला र खर्चको विषयमा चाई स्पेशलि अब घर जाँदा बढी खर्च हुने गर्दछ । ८० हजार देखि एक लाख सम्ममा दशै खर्च निस्कने गर्दछ र अरु साथिभाईहरुलाई गिफ्ट किन्ने देखि लिएर अरु खर्च जोड्यो भने चाहि लगभग त्यहि हो  । यसपालि दशैमा मेरो बाग्लुङ, म्याग्दी, दाङ्ग लगाएतका ठाउँहरुमा कार्यक्रम छन  पुर्णिमा सम्ममै दशैका कार्यक्रमहरु व्यस्त छु । घर पनि नजाने भएको हुनाले यो पहिलो चोटी म दशैमा काठमाण्डौ नै बस्दैछु । मलाई लाग्छ यस पालिको टिकाको १,२ दिन चाहि एक दमै बोर हुनेवाला छ । त्यहि पनि केही मुभिहरु हेर्न र केही मन परेका किताबहरु पढ्ने चाहि योजना बनाएको छु दशैमा ।

                                           सन्तोष बानियाँ 

सन्तोष बानियाँ सर्जक तथा गायक
सन्तोष बानियाँ
सर्जक तथा गायक

सर्बप्रथम त सम्पुर्ण हिन्दुधर्मावलम्बी नेपालिमा बिजया दशमिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्द्छु।
असत्य माथिको सत्यको जितको पर्बको रुपमा मनाइने यो दसै पर्बमा बच्चा बेलाको जस्तो रहर हुदैन।जिम्मेवारी धेरै हुने हुदा अरुको रहर पूरा गर्दैमा आफ्नो रहर भुलिदो रैछ।अनावश्यक तडक भडक गरेर दसै मनाउनु भन्दा आफ्नो गक्ष अनुसार मनाउदा राम्रो।म आफू जाड रक्सी खादिन र जुवा तास पनि नखेल्नी हुदा खासै खर्च हुदैन।अहिले पर्देश मा भएको हुनाले साथी भाइ सङ्गको भेटघाटमा यसपालिको दसै मनाउदै छु।
यो सालको दसै को मेरो अनुमानित खर्च १ लाख ५०  हजार को रहेको छ।

हिमाल पोष्टको तर्फबाट पनि सम्पूर्णलाई बिजया दशमीको शुभकामना