कलाकार सुरज वाग्ले (भिरखोइरे)लाई मन परेकी कान्छीले दाइ भने पछि तनावमा(भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कलाकार सुरज वाग्ले (भिरखोइरे)लाई मन परेकी कान्छीले दाइ भने पछि तनावमा(भिडियो सहित)



 किस्ना आचार्य रोशनी

विशेष गरी प्रहसन विधा बाट आफ्नो पहिचान बनाएका हास्य कलाकार सुरज वाग्ले ( भिरखोइरे) पछिल्लो समय नेपाली लोकदोहोरी गीत सङ्गीत क्षेत्रमा पनि सक्रिय छ्न । यस अधि क्रीकेट जस्तो पिरती बजारमा ल्याएर राम्रै चर्चा बटुल्न सफल भएका सुरज ले भर्खरै मात्र नेपाली लोकदोहोरी पारखी हरुका लागि नयाँ कोशेली “दाइ भनेर मरी ” बोलको गीत बजारमा मा ल्यायका छ्न ।

केही समय अघि मात्र सार्वजनिक गरियको दाइ भनेर मरिमा गायक तथा मोडल रामजी खाँण र गायिका कुसुम क्षेत्री को स्वर मा रहेको छ भने वरिष्ठ गीतकार तथा सङ्गीतकार एकनारायण भण्डारी को लय सुरज भिरखोइरे को शब्द रचना रहेको छ ।

शकर बिसि को निर्देशन राजेश घिमिरे को छायांकन ,नवीन घर्ती मगरको सम्पादन मा तयार भएको दाइ भनेर मरी को म्युजिक भिडियो मा हाँस्यकलाकार सुरज भिरखोइरे गायक रामजी खाँण अन्जली अधिकारी र लाल बहादुर एस लाई देख्न सकिन्छ। सुरज भिरखोइरे र लाल बहादुर एस के को प्रस्तुति मा रहेको दाइ भनेर मरी लाई आशिष् म्युजिक प्रा ली ले बजार व्यवस्थापन गरेको छ ।