सरकारले कालापानी भारतलाई बेचिसकेको खुलासा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

सरकारले कालापानी भारतलाई बेचिसकेको खुलासा



काठमाडौं : सरकारले नै कालापानी भारतलाई बेचिसकेको फणिन्द्र नेपालले खुलासा गरेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्रलाई समेटेको विरोधमा ग्रेटर नेपालले भारतीय दूतावास अगाडि प्रदर्शन गरेको कार्यक्रममा उनले यस्तो खुलासा गरेका हुन् ।

आइतवार भारतले कालापानी लगायतका नेपाली भूभाग आफ्नो क्षेत्रमा समेटेर नक्सा सार्वजनिक गरेको थियो । शुक्रबार लैनचौरस्थित विरोध कार्यक्रममा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपालले सकारले कालापानी बेचेर खाइसकेको आरोप लगाए।

उनका अनुसार सन् २०१५ मा चीन र भारतले संयुक्त बैठक गरी लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सम्झौता गरिसकेको स्मरण गराए। ‘त्यसबेलादेखि नेपाल सरकारले के हेरेर बसेको छ?,’ उनले भने,’अहिले विज्ञप्ति निकालेर के नौटंकी गरेको हो?’ आफ्नो जमिन र बारी नचिन्‍नेले कसरी घर चिन्छ,’ नेपालले भने,’ देशलाई जोगाउनु भन्दा पनि बाहिर गएर देश बुझाएर आउँछन।’ जनताले मात्र देश चिनेर संरक्षण गर्न सक्ने उनले बताए ।

नेता भन्दा जनता शक्तिशाली बनिसकेको विभिन्‍न उदाहरणले बताइसकेको उनले प्रष्ट पारे । सीमा विवादको मुदामा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले बोल्नुपर्ने उनले माग राखे। ‘कहिलेसम्म सरकारले भारतलाई कुरा राख्छ? जनतालाई बताउनुपर्‍यो’, उनले भने, ‘५-६ महिना कति लाग्छ, यसको निकास चाँडो निकाल्नुपर्छ।’ उनले यो कुरा बारम्बार सडक तताउने मुद्दा मात्रै बन्‍न नहुने प्रष्ट पारे। राष्ट्रिय मुद्दामा सम्पूर्ण राजनीतिक दल र देशभक्त नागिरक एकैठाउँमा आउनुपर्ने नेपालले बताए ।

यो मुद्दा सार्वजनिक गर्नलाई अन्तराष्ट्रिय पत्रकार सम्मलेन गर्नुपर्ने नेपालले बताए। यसका लागि अन्तरराष्ट्रिय संघ संस्थालाई गुहार्नुपरे सम्पूर्ण नेपाली जनता एक हुनुपर्ने उनको भनाइ थियो। नागरिकस्तरबाट सशक्त आवाज उठनुपर्ने नेपालले जिकिर गरे।