शोले फिल्मका चर्चित कलाकार 'कालिया'को निधन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

शोले फिल्मका चर्चित कलाकार ‘कालिया’को निधन



एजेन्सी— भारतमा राम्रा मानिएका अभिनेता बिजु खोटेको निधन भएको छ । उनी ७८ वर्षका थिए । उनले मराठी फिल्मसहित अन्य भाषाका फिल्ममा पनि काम गरेका थिए ।

बिजु खोटेलाई चाहिँ सबैभन्दा बढी चिनाएको थियो, शोले फिल्ममा उनको अभिनयले । शोलेमा उनले कालियाको भूमिका निर्वाह गरेका थिए । यो भूमिका निकै लोकप्रिय पनि भयो । उनले आफ्नो डायलग ‘सरदार मैने तुम्हारे नाम किया है’ले नेपाली दर्शकको समेत मन जितेको थियो ।

फिल्म शोलेपछि उनले आमिर खान–सलमान खानको फिल्म अन्दाज अपना अपनामा रोबार्टको भूमिका निर्वाह गरेका थिए । उनी बलिउडमा पहिले काम गरेर पछि मराठी फिल्ममा गएका थिए ।