कालिकानगरमा शब फेला - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कालिकानगरमा शब फेला



बुटवल। रुपन्देही जिल्लाको बुटवल १० कालिकानगरमा एक ब्यक्तिको शब फेला परेको छ ।

बुटवल १० कालिकानगर बस्ने २९ वर्षिय भुमि गिरी नाम गरेको ब्यक्तिको शब फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपि पवन भट्टराईले जानकारी दिए ।
उनका अनुसार परिवारमा बाबु आमा नभएको र श्रीमति कोरीयामा कार्यरत रहेको र छोरा समेत काठमाण्डौ रहेको हुँदा शवलाई लुम्बिनी अञ्चाल अस्पतालमा राखिएको छ ।
गिरी मदिरापान गर्दै रातिको समयमा हिड्दै गर्ने उनको घरमा डेरा गरी बस्नेले बताएको भन्दै शब बुझ्ने ब्यक्ति नभएकोले शबलाई अस्पतालमा राखिएको हो ।
उनको मृत्यु वा हत्या हो भन्ने बिषययमा अनुसन्धान जारी रहेको डिएसपि भट्टराईले जानकारी दिए ।