आलोचना होइन सल्लाहा-सुझाव दिन कमलको आग्रह - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

आलोचना होइन सल्लाहा-सुझाव दिन कमलको आग्रह



ठाकुर पन्थी /छत्रदेव ,साउन १५

छत्रदेव गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष कमल पैडेलले प्रथम इतिहासिक बैठकमा भएका निर्णयहरू आलोचना गर्नेलाई अध्ययन गरेर  मात्र आलोचना गर्न आग्रह गरेका छन्  । उनले फेसबुकमा लेखेका छन् , स्पष्ट निर्देशिका र नियावली नहुँदा निर्णय कार्यनयनमा धेरै चुनौती छन् तर जनताको प्रत्यक्ष सरोकार सँग जोडिएको विषय गहन हुन्छन् ।

उनले लेखेको जस्ताको तेस्तै :

छत्रदेव गाऊँकार्यपालिकाको प्रथम ऐतिहासिक बैठकबाट भएका विविध प्रकारका निर्णयको वास्तविक मर्म र पुरा अध्ययन नगरी केही व्यक्ति तथा पत्रकार ज्युहर बाट समेत भ्रामक खालका समाचारहरु सार्वजनिक भएकोमा हाम्रो गम्भीर ध्यानाकृष्ट भएको छ । सर्वप्रथम कुनै समाचार वा प्रतिक्रिया जनाउनु पूर्व निर्णयहरुको गहन अध्ययन र मर्म बुझ्नु जरुरी छ । हामीलाई थाहा छ हामीले गरेका सबै निर्णय हरुले एकैपटक जनताका सबै चिन्ता, चासो र सरोकार लाई सम्बोधन गर्न सम्भव छैन र हामीले गरेका निर्णयहरू कार्यान्वयन गर्न पनि उत्तिकै चुनौती छ तर पनि जनताका प्रत्यक्ष सरोकार सँग जोडिएका यी विषयहरूको कार्यान्वयन गर्नु आजको प्रमुख दायित्व र न्यूनतम आवश्यकता हो मलाई लाग्छ यस कुरामा तपाईँ हामी कसैको पनि बिमती हुनु आवश्यक छैन ।

प्रभावकारी निर्देशिका र नियमावलीको अभावले गाउँपालिकाले आफ्नो योजनागत विकास निर्माणका कुराहरूलाई अगाडी बढाउन कठिन भएको परिस्थिति केवल हाम्रो मा मात्रै हैन सबै स्थानीय तहको हो । सामाजिक सन्जाल लगायत विभिन्न सन्चार माध्यमबाट नितान्त पुर्वाग्रही ढङ्गले आफ्ना कुराहरू सार्वजनिक गर्दा त्यसले भोलीका दिनमा हाम्रो गति र जनताको परिवर्तनको आकाङ्क्षा लाई कमजोर साबित गर्न सक्छ यस अर्थमा म सबैलाई तपाईँको फरक मत हुनु स्वभाविक छ तर त्यसलाई आलोचनामा बदलेर भन्दा सल्लाहको रूपमा विकसित गरेर यो पटक हाम्रो गाउँ र ठाउँलाई समृद्ध बनाउने संकल्प गरौँ भन्ने आग्रह गर्न चाहन्छु ।

धन्यवाद