राप्रपामा जान कमल थापाले राखे नयाँ सर्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राप्रपामा जान कमल थापाले राखे नयाँ सर्त



राप्रपा छोडेर राप्रपा नेपालका अध्यक्ष बनेका कमल थापाले पार्टीलाई सेफ ल्यान्डिङ गर्ने तरखरमा लागेका छन् । स्थानीय तहको निरेवाचनमा एमालेसँग तालमेल गर्दा पनि पत्तासाफ भएपछि थापाले राप्रपा नेपाल राप्रपालाई बुझाउनेबाते विकल्प खोजेका छन् ।

थापाले राप्रपा नेपाल बुझाउनको लागि राप्रपासँग नयाँ सर्त राखेका छन् । उनले राप्रपाले राजतन्त्रको एजेन्डा छोडेमा पार्टी राप्रपालाई हस्तान्तरण गरेर आफू बस्ने बताएका छन् । ज्ञानेन्द्र शाहले प्रत्यक्ष हस्तक्षेप गरेर महाधिवेशनमा आफूलाई हराएको बताउँदै पार्टी छोडेका उनले उनले यस्तो सर्त राखेका हुन् ।

उनले असम्भव एजेन्डाको पछि नलागी सही एजेन्डा बोक्नुपर्ने भएकोले पार्टी पुनर्जागरण गरेको बताए । थापाले असम्भव एजेन्डा बोक्दा आफैँ फेल हुने भएकोले राजतन्त्र पुनर्स्थापनालाई छोडेर हिन्दु राज्यको एजेन्डा बोकेको बताउँदै यस्ता एजेण्डा छोडेको खण्डमा पार्टी तत्काल बुझाउने बताएका छन् ।

बुटवलमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा थापाले हिन्दु राज्य र धर्म निरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने बताए । बहुमत जनता अहिले पनि हिन्दु राज्यको पक्षमा रहेको भन्दै उनले यो विषयमा जनमत संग्रह गर्नुपर्ने बताएका हुन् ।

थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताए । उनले संघीय संरचनामा एउटा केन्द्रीय सरकार र अझ बढी अधिकार सम्पन्न स्थानीय तहको संरचना निर्माण गर्नुपर्ने बताए ।

संघीय संसदबाट राष्ट्रपति निर्वाचित हुनुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने माग आफहरूको रहेको उनले बताए । नेपालमा राजसंस्थाको पुनर्स्थापनाको एजेन्डा अब सधैँका लागि सकिएको बताए ।

उनले निर्मल निवासले निरन्तर हस्तक्षेप गरेकोले आफू अलग्गिएको बताएपनि अहिले भने पार्टी बुझाउन राजी भएका छन् । उनले राजतन्त्रको पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताउँदै अब पारस शाहका लागि कोही सती नजाने बताए । ‘हुँदै नहुने र असम्भव कुराको पछि हामि लाग्न सक्दैनौँ । पारसको निम्ति हामी सती जाने’, उनले भने ।

उनले पारसबाट देश विकास हुने कुनै आशा नदेखिएको बताए । उनले नेपालमा धर्म परिवर्तनको क्रम निकै बढेको र अन्य दलहरूले यसतर्फ ध्यान नदिएकोले राप्रपा नेपालले यो मुद्दा बोकेर हिँडेको बताए । उनले राप्रपाले राजतन्त्रको एजेन्डा छोडेमा पार्टी हस्तान्तरण गरेर बस्ने बताए ।