'कमल थापा सत्तामा पुग्न जे पनि गर्छन' - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘कमल थापा सत्तामा पुग्न जे पनि गर्छन’



मकवानपुर- मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार दिपकबहादुर सिंहले पार्टीका पूर्व अध्यक्ष कमल थापा सत्तामा पुग्नका लागि राप्रपा छोडेर कम्युनिष्ट बनेको आरोप लगाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य समेत रहेका सि‌ंहले हेटौंडा-१३ रमनथलीको चुनावी सभामा बोल्दै राजसंस्था पुनःस्थापनाको एजेन्डा बोकेका थापाले पार्टीको महाधिवेशनमा पराजित भएपछि राप्रपासंगै राजसंस्थाको एजेन्डा त्यागेर सत्तामा पुग्न कै लागि एमाले रोजेको आरोप लगाए । थापाले पुनः स्थापना गरेको राप्रपा नेपालबाट चुनाव लड्न नसक्ने भएपछि कमरेड बनेर एमालेबाट चुनावी मैदानमा उत्रिएको समेत उनले बताए ।

यसैगरी, सिंहले आफ्नो प्रतिस्पर्धी कांग्रेसकी उम्मेदवार महालक्ष्मी डिना उपाध्ययबाट केही पनि आस गर्न नसकिने विचार पुनः दोहोर्‍याएका छन् । सिंहले दुई पटक समानुपातिकबाट सांसद र एक पटक मन्त्री भइसकेकी डिनाले क्षेत्र नम्बर १ का लागि केही पनि काम नगरेको बताउँदै डिनाबाट केही पनि आस गर्न नसकिने दाबी गरे ।

सिंहले आफू जनतासँगको गठबन्धनमा रहेको उल्लेख गर्दै यसपटकको निर्वाचनमा निर्वाचित हुने दाबी समेत गरेका छन् ।