एमाले छिर्ने र मन्त्री बन्ने कमल थापाको सपना चकनाचुर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले छिर्ने र मन्त्री बन्ने कमल थापाको सपना चकनाचुर



नेकपा एमालेको चुनाव चिह्न लिएर प्रतिनिधि सभा चुनाव लडेका राप्रपा नेपालका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन् ।

मकवानपुर क्षेत्रनम्बर १ बाट चुनाव लडेका थापा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता लिइरहेकी छन् । डिनाले २० हजार ९७० मत पाउँदा थापाले १९ हजार ९१८ मत पाएका छन् ।

थापाले सामाजिक सन्जालमार्फत् आफूले हार स्वीकारेको जनाएका छन् । सूर्य चिह्न लिएर चुनाव लड्ने अवसर दिएको भन्दै उनले एमालेलाई धन्यवाद पनि भनेका छन् ।

यससँगै एमालेको चुनावबाट जितेर मन्त्री बन्ने सर्तमा एमाले प्रवेश गर्ने तयारी गरेका थापाको सपना चकनाचुर बनेको छ । राप्रपाको अध्यक्षमा चुनाव हारेपछि उनको गतिमा ब्रेक लाग्दै आएको छ ।

राप्रपाको अध्यक्षमा पराजय ब्योहोरेपछि थापा अवसरका लागि जे पनि गर्न तयार भएको देखिन्छ ।