कमल थापाको नयाँ पार्टीले १२ हजार मत कटायो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कमल थापाको नयाँ पार्टीले १२ हजार मत कटायो



काठमाडौँ- कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ ।

राप्रपा नेपालले प्रदेशसभातर्फ मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश १ मा तीन हजार ३९१ मत पाएको छ ।

बागमती प्रदेश सभामा समानुपातिकतर्फ पाँच हजार ६७५ मत प्राप्त गर्दा मधेस प्रदेशमा छ हजार ५२२ मत ल्याएको छ ।

यस्तै गण्डकीमा ९०५ मत पाएको राप्रपा नेपालले लुम्बिनी प्रदेशमा तीन हजार ३४९ मत पाएको छ । कर्णाली प्रदेशमा ६०६ मत र सुदूरपश्चिम प्रदेशमा एक हजार २३९ मत पाएको छ ।