कांग्रेसले विपीको विचार हत्या गरेर कम्युनिस्टलाई बलियो बनायो: कमल थापा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसले विपीको विचार हत्या गरेर कम्युनिस्टलाई बलियो बनायो: कमल थापा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले कांग्रेस शीर्ष नेताहरूप्रति कडा टिप्पणी गरेका छन् । राप्रकाका नेता सुनिल थापालाई कांग्रेस प्रवेश गराउंदै नेताहरूले दिएको अभिव्यक्तिलाई लिएर उनले टिप्पणी गरेका हुन् ।

कम्युनिष्टबाट प्रजातन्त्र खतरामा भन्ने कांग्रेस नेताहरूको भनाईलाई कोट गर्दै उनले बिपी कोइरालाको विचारको हत्या पनि यिनै नेताहरूले गरेको संकेत गरेका छन् । पूर्वमन्त्री सुनिल बहादुर थापा राप्रपा परित्याग गरि कांग्रेस प्रवेश गर्दा हिजो (मंगलबार) राति कांग्रेस पार्टी मुख्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्टबाट प्रजातन्त्र खतरा भएको अभिव्यक्ति दिएका थिए ।

अध्यक्ष थापाले कांग्रेस नेताहरुले नै कम्युनिष्ट बलियो बनाउने काम गरेको पनि उनले बताएका छन् । थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत कांग्रेस नेताहरुलाई प्रश्न गरेका छन् । उनले २०४७ सालको संविधान पनि जलाएको आरोप लगाएका छन् ।

थापाले लेखेका छन्, ‘शिर्षक-“कंग्रेस नेताको एउटै स्वर:कम्युनिष्टबाट प्रजातन्त्र खतरा” कंग्रेस नेतालाई मेरो प्रश्न: कम्युनिष्ट बलियो बनाउने काम कसले गर्‍यो?१२बुंदे सम्झौता कसले गर्‍यो?४७सालको संविधान कसले जलायो?राजा र जनताबिच एकता नभए कम्युनिष्ट बढछ भन्ने बिपी बिचारको हत्या कसले गर्‍यो?’