स्थानीय विकास मन्त्रालय सहित राप्रपाका ३ वटै मन्त्रालय गच्छदारले लिए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

स्थानीय विकास मन्त्रालय सहित राप्रपाका ३ वटै मन्त्रालय गच्छदारले लिए



बैशाख, २५ काठमाडौं । 

 

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार स्थानीय विकास मन्त्रालय सहित तीन मन्त्रालय लिएर सरकारमा सहभागी भएका छन् । यसअघि कमल थापाले सम्हालेको स्थानीय विकास मन्त्रालय सहित फोरम लोकतान्त्रिक राप्रपाले सम्हालेको ३ वटा मन्त्रालय लिएर गच्छदार सरकारमा सहभागी भएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गच्छदारले उपप्रधानमन्त्रीका साथै स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन् भने भूमिसुधार तथा पर्यटन मन्त्रालय पनि गच्छदारको पार्टी फोरम लोकतान्त्रिकले नै सम्हाल्ने छन् ।