कमल थापाले पूर्वराजाको भिडियो राख्दै भने 'खोजेको राजा यस्तै हो' - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कमल थापाले पूर्वराजाको भिडियो राख्दै भने ‘खोजेको राजा यस्तै हो’



काठमाडौं- अहिले सामाजिक सञ्जालमा पूर्वराजा ज्ञानेन्द्र शाह र हिमानी शाह नाचेको, क्लवमा रमाएको भिडियो भाइरल भएको छ । अधिकांशले शाहको यस्तो शैलीको तारीफ गरेका छन् ।

पूर्वराजा शाहले डान्स गरेको भिडियो सामाजिक सञ्जालमा हजारौ पटक हेरिएको छ । ठमेलस्थित लर्ड अफ ड्रिक्समा आइतबार रातीको उक्त रमाइलोलाई राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले उक्त भिडियो सेयर गर्दै हामीले कल्पना गरेको राजा यस्तै हो भन्ने आशयले क्याप्सन लेखेका छन् ।

थापाले लेखेका छन्, जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक– राजसंस्था ।’।

उक्त भिडियोमा रातो र चन्द्र सूर्य, जंगि निशाना हाम्रो सहितको गितमा पूर्व राजासहित हिमानीले पनि डान्स गरेको देख्न सकिन्छ ।