अपवित्र गठबन्धनले भ्रष्टाचार र ब्रम्हलुट अर्दैछ: कमल थापा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

अपवित्र गठबन्धनले भ्रष्टाचार र ब्रम्हलुट अर्दैछ: कमल थापा



काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारको गठबन्धनलाई अपवित्रको संज्ञा दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै थापाले वर्तमान अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रह्मलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको आरोप लगाएका छन्।

‘पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ‘अपवित्र’ गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।’, थापाले भनेका छन्।

उनले यस व्यवस्थाको विरोध गर्दै तत्काल फिर्ता लिन मागसमेत गरेका छन्। ‘भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको विरोध र भर्त्सना गर्दछु। यो निर्णय तत्काल फिर्ता गरियोस्।’, थापाले भनेका छन्।