पुर्वराजा माथि कमल थापाको गम्भीर आरोप « Himal Post | Online News Revolution
Logo

पुर्वराजा माथि कमल थापाको गम्भीर आरोप



 

१८ वैशाख, काठमाडौं ।

राप्रपाका अध्यक्ष कमल थापाले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी फुटाउन लागि परेको भन्दै गम्भिर आरोप लगाएका छन ।
राप्रपा संसदीय दलको आइतबारको बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीभित्र ज्ञानेन्द्र शाहले चलखेल गरेको बताएका छन ।

जसका लागि भन्दै हामी लड्दै छौँ उतैबाट पार्टीमाथि यो घात भएको छ । राजसंस्था भनेको पूर्वराजा ज्ञानेन्द्र होइन, यसमा हामी सबै प्रष्ट हुनु पर्छ ,’ थापाको भनाइ उद्धृत गर्दै एक सांसद्ले भने, ‘राप्रपा विभाजन गर्न सांसद्हरुलाई भड्काउन लागिएको छ । यो हामीलाई मान्य छैन ।’
राप्रपाले मान्यताका लागि राजसंस्थाको पक्षमा आवाज उठाएको तर कोही व्यक्तिको स्वार्थका लागि होइन भन्दै थापाले पूर्वराजाको आलोचना गरेका थिए ।

आजको नयाँँ पत्रीका दैनिकका अनुसार बैठकमा केही सांसद्ले पूर्वराजा ज्ञानेन्द्रका सहयोगीहरु सागर तिमिल्सिना, डा. फणिराज पाठक, पशुपतिभक्त महर्जनले चलखेल गरेको भन्दै आक्रोस पोखेका थिए । स्रोतका अनुसार सांसद् तथा पूर्वमन्त्री रामकुमार सुब्बा, विराज विष्ट र रेशम लामामाथि कारबाहीका लागि राप्रपाले प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।