कमल थापाले २ नम्बर प्रदेशको चुनावको लागि युवा टोली पठाए - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कमल थापाले २ नम्बर प्रदेशको चुनावको लागि युवा टोली पठाए



भदौ २३, काठमाडौँ-
राप्रपा अध्यक्ष कमल थापाले हिकमत जङ्ग कार्कीको संयोजकत्वमा गठन भएको युवा टोलीलाई निर्वाचनमा तराई क्षेत्रमा पठाउने भएका छन् ।

२ नम्बर प्रदेशको निर्वाचनको माहोल सम्हाल्न थापाले टोली पठाउने भएका हुन् । पार्टीको मध्यमाञ्चल क्षेत्रको सम्मेलनका क्रममा २ नं प्रदेशको चुनावी अभियानका लागि युवा सङ्गठनका सचिव हिकमत जङ्ग कार्कीको संयोजकत्वमा गठन भएको युवा टोलीलाई तराई क्षेत्रमा जान बिदाइ गरेका छन्।

टोलीमा जिल्ला अध्यक्ष कैलाश कटुवाल, ऋद्धिप्रताप जङ्ग राणा र श्रीधर सिंह लगायतका युवाहरू रहेका छन् । सङ्गठनले गर्ने उक्त कार्यलाई कमल थापाले प्रशंसा समेत गरेका छन् ।

सङ्गठनले चुनाव पश्चात् बाढी पीडितहरूलाई आफ्नै प्रयासमा सङ्कलन गरेको नगद दुई लाख रुपैयाँ,लत्ता कपडा र खानेकुराको सामग्रीहरूलाई वितरण गर्ने बताइएको छ । सिराहा र सप्तरीका गाउँ गाउँमा पुगी पार्टीको २ नं प्रदेशको चुनावलाई दृष्टिगत गरेर चुनावी अभियानलाई सहयोग पुराउनु नै टोलीको मुख्य उद्देश्य रहेको टोली संयोजक हिकमत जङ्ग कार्कीले बताएका छन् ।