युवा गजलकार कमल संघर्षकाे गजल बाचन देवदहमा सम्पन्न - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

युवा गजलकार कमल संघर्षकाे गजल बाचन देवदहमा सम्पन्न



युवा गजलकार कमल संघर्षकाे विशेष गजल बाचन कार्यक्रम देवदहमा सम्पन्न भएकाे छ । युगिन साहिल्य समाज देवदह ,रुपन्देहीको अायाेजनामा भएकाे कार्यक्रममा कमल संघर्षका २ दर्जन बढि गजल सुनिएका थिए ।

भर्खर बजारमा अाएको गजल सङ्ग्रह सडककाे चर्चा परिचर्चाका साथै संघर्षकाे गजल माथी उपस्थित सबैले अाफ्नाे प्रतिकृया दिएका थिए । रचनावाचन मार्फत प्रकाशनमा अाएकाे सडककाे पछिल्लाे समयमा चर्चा अग्रस्थानमा रहेकाे छ । कार्यक्रममा पुस्तक हस्ताक्षर कार्यक्रम मा सडकलाई लेखकबाट हस्ताक्षर पनि गरिएकाे थियाे । कार्यक्रममा बाेल्दै साहिल्यकार तथा गजलकार निर्मल ढुङ्गानाले राम्राे रचना सिर्जना गर्नका लागि सडक जस्ता स्तरिय सङ्ग्रह काे अध्यान गर्नु पर्ने जरुरि रहेकाे बताउनु भयाे ।

युगिन साहित्य समाजका अध्यक्ष यज्ञप्रसाद न्यौपाने ‘दिपक’काे अध्यक्षतामा भएकाे कार्यक्रममा कवि नमकान्त पाण्डे प्रमुख अतिथि रहनु भएकाे थियाे । गणेश न्यौपानेले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रम संचालन बिष्णु बिवस पाेखरेलले गर्नु भएकाे थियाे ।