कमल थापाको पो तयारि रैछ! प्रचण्डको रात्रीभोजको - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कमल थापाको पो तयारि रैछ! प्रचण्डको रात्रीभोजको



अर्जुन खनाल / नयाँ दिल्ली

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा ताजमहल होटलमा हिजो राति   रात्रीभोजको आयोजना गरीएको थियो । सबै  जसो खाना पिन मा बेस्त्  देखिन्थे भने कोइ प्रचण्ड संग फोटो खिच्नमा तल्लिन थिए । सो कार्यक्रममा हामी गोबिन्द पोख्रेल ,डा. उद्वव प्याकुरेल र मोहन कार्की केहि गफमा बेस्त्  थियौ ,सेतो पोसाकमा सेतो कुक कै टोपिमा एकजना मान्छे मेरो छेउमा आए हात बढाउदै हेन्ड चेक गर्न खोजे मैले नि हात बढाए तर अचम्म परे !मन मनै सोचे किन मा संङ्ग हात मिलाएको होला भनेर ।तेतिबेला झसङ्ग भए ‘सन्चै हुनुन्छ’ जब उनले मलाई सोधे । उहाको  सिर देखि  पाउ सम्म हेरे र  भने अ ! सन्चै छु ।फ्याट गोभिन्द दाइले सोध्नु भो तपाइँ नेपाली हो ? अ !हो उनले भन्न नपाउदै मैले सोधे नाम के नि अनि घर कहा ?उनको उत्तर थियो नाम कमल थापा र घर दाङ्ग ‘ ।

दाङ्गको तुलसीपुर न. पा. वडा नं. ६ घर वताउने थापा होटलमा चाइनिज सेफको रुपमा कार्यरत रहेछन । नेपालदेखी दिल्ली आइपुग्नु भएका डा. उद्वव प्याकुरेलसँग उनी नेपालीमै कुरा गर्दै गर्दा हामी त्यहाँ पुग्यौ । बच्चा परिवार नेपाल घरमा भएको वताउने उनी बर्षमा चार पटक नेपाल आउने जाने गर्दा रहेछन । मासीक रुपमा लगभग ८० हजार जति नेपाली रकम उनको हातमा आउदो रहेछ । अब बर्षमा ४–४ पटक घर पनी जान पाइने, अनी पैसा पनी रामै्र छ । किन जानु पर्यो विदेश भन्दै उनले भने, विगत २२ बर्षदेखि नै यो होटलमा कार्यरत छु । दिल्ली आएपछि यो होटलमै शुरुदेखि नै काम गर्नु भो की, अन्यत्र कहि ? भन्ने हाम्रो  जिज्ञासामा उनी भन्छन, हैन शुरुमा त पार्क होटलमा काम गरेको हो । हस  भन्दै  उनि  आफ्नो  कममा गए हामि नि  हाम्रो क्रियाकलापमा बेस्त् भयौ र मैले मन मनै सोचे हामि आएको रात्रि  भोज त कमल थापाको पो तयारि रैछ !

14339925_1189712174434902_1672465348_o 14339229_1189712231101563_93284922_o