असहाय बालबालिकालाई कम्बल वितरण - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

असहाय बालबालिकालाई कम्बल वितरण



डोटि । दिपायल सिलगढी नगरपालिका – ९ कलेनामा रहेका विपन्न गरिब ,टुहुरा, असहाय दलित तथा अपांगता भएका बालबालिकालाई कम्बल वितरण गरिएको छ ।

“न्यानो लुगा लगाउ, आफु र आफ्ना बालबालिकालाई चिसो बाट बचाउ” भन्ने मुल नाराका दर्ता गरिएका जम्मा ४ सय ७२ जना बालबालिकालाई न्यानो कम्बल वितरण गरिएको हो ।
सामुदायिक बिकास केन्द्र सि डि सि (CDC) डोटी र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको समुदाय आबद्ध बाल स्पोनसरसिप योजना परियोजनाले डोटीका विभन्न स्थानिय तहरूमा रहेका ४ हजार २ सय बालबालिका लाइ न्यानो कम्बल बितरण गर्ने लक्ष्य राखेको छ ।

जस अन्तर्गत बुधबार दिपायल सिलगढी नगरपालिकाको वडा नं ९ मा एक औपचारिक कार्यक्रम गरि सुरूगरेको छ। वडा नं ९ का वडा अध्यक्ष धर्म बहादुर साउदको अध्यक्षता र वर्ल्ड भिजन इन्टरनेसनल नेपालका पश्चिम् क्षेत्र कार्यालय कैलाली स्पोन्सरसिप स्पेलिसट नारद मलासीको प्रमुख आतिथ्यमामा न्यानो कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष साउदले आफ्नो वडा भित्रका न्युन आए भएका परिवारका बालबालिकालाई चिसोबाट बच्नका लागी न्यानो लुगा बितरण गरिएकोमा धन्यवाद दिदै सबै बालबालिकालाई समेट्न सके अझै राम्रो हुने बताए ।

बुधबार देखि सुरु भएको उक्त कार्यक्रम डोटीका बिभिन्न स्थानीय तह मध्य दिपायल सिलगढी नगरपालिका २ र ९ नं वडा मध्य ९ मा बिहिबार सम्पन्न भएको उक्त परियोजनाका सामाजिक परिचालक देवीलाल दाहालले बताए । आदर्श गाउँ पालिका का वडा नं ६ गिरिचौका बाहेक अन्य ६ वटै वडा सायल गाउ पालिका का ४ ,५ र ६ नं वडा
पुर्विचौकी गाउ पालिकाका १ ,२ र ३ नं वडाहरु का जम्मा ४ हजार २ सय बालबालिका लाइ जम्मा जम्मा जम्मि २६ लाख रकम बराबरको न्यानो कम्बल बितरण गर्ने कार्यक्रम रहेको दाहालले जानकारी दिएका छन् ।