कमल थापा भन्छन्: भ्रष्ट कम्युनिस्टलाई अस्विकार गर्नुपर्छ - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कमल थापा भन्छन्: भ्रष्ट कम्युनिस्टलाई अस्विकार गर्नुपर्छ



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले भ्रष्ट कम्युनिस्टहरूलाई अस्विकार गर्नुपर्ने बताएका छन् । कांग्रेसले सत्ता सहकार्य गर्ने चर्चाका बीच थापाले यस्तो बताएका हुन् ।

चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएको र कम्युनिस्टहरूले कुर्सी र पैसाको खेलमा लागेर जनतालाई धोका दिएको बताउँदै थापाले कांग्रेसले उनीहरूलाई अस्विकार गर्नुपर्ने बताएका हुन् ।

थापाले त्यस्ता कम्युनिस्टसँग मिल्नु कांग्रेसको उदेकलाग्दो चाहना भएको समेत बताएका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा ट्विट गर्दै कम्युनिस्टसँग मिल्न कांग्रेसले अस्विकार गर्नुपर्ने बताएका छन् ।

उनले लेखेका छन्, ‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएका हुन्।नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो। त्यही असफल/भ्रष्ट कम्युनिष्टसँग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेकलाग्दो छ। कम्युनिष्टसँग मिलेर सरकार बनाउन अस्विकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छ ।