भारतमा कम्युनिस्टको पतन - येचुरीलाई जम्मा १ सिट - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भारतमा कम्युनिस्टको पतन – येचुरीलाई जम्मा १ सिट



काठमाडौं। भारतीय लोकसभा निर्वाचनले वामपन्थीहरूलाई लगभग पन्छाएको छ । ३५ वर्षदेखि पश्चिम बंगालमा चुनाव जित्दै आएको माक्र्सवादी कम्युनिस्ट पार्टी (माकपा)ले २०११ सम्म राज्य सरकारको पनि नेतृत्व गर्दै आएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२००९ को निर्वाचनसम्म केन्द्रीय गठबन्धनको किङ मेकरसमेत रहेको माकपाले २०१४ मा नौ सिट मात्र जितेको थियो । तर, यसपालि उसले बंगाल र त्रिपुराबाट सबै सिट गुमाएको छ ।

बंगालमा त्रिणमुल कंग्रेसले ४३.९% मतसहित २२ र भाजपाले ४०.२% मतसहित १८ सिट जितेका छन् । कंग्रेसले ५.६२% मतसहित २ सिट जितेको छ ।

तर, सीताराम येचुरीले नेतृत्व गरेको माकपाले बंगालमा ६.२९% मत पाएको छ । त्रिपुरामा १७.३३% मत पाएको माकपाले शून्य सिट पाएको छ । राज्यका दुवै सिट भाजपाले पाएको छ । उसको मत ४९.०१% छ ।

त्यस्तै, केरला राज्य सरकारमा सत्तारुढ दल सो पार्टीले २५.६९% मत ल्याएर पनि जम्मा एक सिटमा अग्रता लिएको छ । भारतभर उसले पाएको अग्रता यही हो । उता, ३७.२७% मतका साथ कंग्रेसले केरलामा १५ सिट जितेको छ । २० मध्ये बाँकी चार सिट पनि उसैका सहयोगीले पाएका छन् ।