कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल लुम्बिनी अंचल अस्पतालको अध्यक्षमा नियुक्त - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल लुम्बिनी अंचल अस्पतालको अध्यक्षमा नियुक्त



हिमाल पोष्ट / बुटवल, १० माघ । लुम्बिनी अंचल अस्पताल बुटवलको अध्यक्षमा रमेश खनाल नियुक्त हुनु भएको छ । रुपन्देही सौ–फर्साटिकर निवासी नेपाली कांग्रेसका युवा नेता एवं युवा व्यवसायी खनाल अस्पताल विकास समितिको अध्यक्षमा नियुक्ती हुनु भएको हो ।

स्वास्थ्य मन्त्रालयले लुम्बिनी अंचल अस्पताल सहित १५ अस्पताल विकास समितिमा पदाधिकारी मनोनित गरेको छ । मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये अघिल्लो निर्णयमा २९ वटामा मनोनित भएको थियो भने यो पटक थप १५ जना मनोनित भएका छन् । बाँकीमा क्रमशः पदाधिकारी नियुक्त गर्दै जाने मन्त्रालयले जनाएको छ । यसअघि १३ अस्पताल विकास समितिमा मात्र पदाधिकारी थिए ।

स्वास्थ्यमन्त्री गगन थापाले शुक्रवारको मितिमा १५ अस्पतालमा पदाधिकारी नियुक्त गर्नु भएको हो । लामो समयदेखि पदाधिकारी नियुक्त हुन नसक्दा अस्पतालको काम प्रभावित हुँदै आएको थियो । अस्पताल विकास समितिमा राजनीतिक प्रभाव पर्न थालेपछि एक महिनाअघि मात्र मन्त्रालयले पदाधिकारी नियुक्तको मापदण्ड बनाएको थियो ।

नियुक्त गरिएका अस्पतालका अध्यक्षहरुमा काठमाडौंमा रहेका केन्द्रीय अस्पतालदेखि, अञ्चल अस्पताल र जिल्ला अस्पतालसम्म रहेका छन् । काठमाडौंमा रहेको केन्द्रीय अस्पताल कान्ति बाल अस्पतालमा सुबोध राज आचार्य, नारायणी उप–क्षेत्रीय अस्पताल, विरगंन्ज,पर्सामा विनोद कुमार गुप्ता, गजेन्द्र नारायण सिंह सगरमाथा अन्चल अस्पताल राजविराज, सप्तरीमा डा.चिरन्जिवि लाल देव, अध्यक्षमा मनोनित हुनु भएको हो ।

त्यसैगरि भैरहवा, रुपन्देहीमा विशेस्वर प्रसाद बस्याल, तौलीहवा अस्पताल, तौलिहवा कपिलबस्तुमा रुद्र बहादुर गैरे, फाप्लु अस्पताल, फाप्लु, सोलुखुम्बुमा हुत्तराज बस्नेत, डोटी अस्पताल, डोटीमा सोपानसिह बोहरा, भिम अस्पताल, मंगलसेन अस्पताल, अछाममा यादव पसाद भटराई, मनाङ अस्पताल, मनाङमा मिङमार ढोमा लामा, उदयपुर अस्पताल, उदयपुरमा राकेश खत्री, लाहान अस्पताल, लाहान, सिरहामा फुलेश्वर महतो, जलेश्वर अस्पताल, जलेश्वर ,महोत्तरीमा राज कुमार सिंह, दैलेख अस्पताल, दैलेखमा बास्ना थापा, भोजपुर अस्पताल भोजपुरमा गजेन्द्र बहादुर कार्की अध्यक्षमा मनोनित हुनु भएको छ ।