कञ्चनपुरको पुनर्वासबाट आयो अचम्मको खबर ! आमा-छोरी मिलेर युवकलाई भगाए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कञ्चनपुरको पुनर्वासबाट आयो अचम्मको खबर ! आमा-छोरी मिलेर युवकलाई भगाए



सुनिलकुमार लो /कञ्चनपुर ।।
युवकले युवतीलाई भगाउने घटनालाई हाम्रो समाजमा सामान्य नै मानिन्छ । यसलाई फलानो केटाले फलानी केटिलाई भगायो भनेर एकदुई दिन कुरा गरिन्छ , त्यसपछि यो विषय सामान्य बन्दछ । तर कञ्चनपुरको पुनर्वासमा भने अचम्मको घटना घटेको छ । पुनर्वास नगरपालिका वडानम्बर-१ का सत्र बर्षिय जीवन चौधरीलाई सोही वडाका महेन्द्र वस्ती बस्ने अन्दाजी बर्ष ३५ कि आमा पूनम खड्का र बर्ष १९ कि छोरी कविता खडका मिलेर गत माघ ९ गते राती भगाएका छ्न ।

” गाउँतिर घुम्न गएको छोरो घर फर्केन । खोजतलास गर्ने क्रममा गाउँकै आमाछोरी पनि गायव भएपछि आफुलाई आफ्नो छोरा आमाछोरी मिलेर भगाएको कुरा थाहा भयो” पीडित जीवन चौधरीका बुवा भागिराम चौधरीले बताए ।


जीवन चौधरी कक्षा १० र कविता खड्का कक्षा ११ मा अध्ययनरत थिए । एउटै गाउँको भएकाले गोकुलपुर बजारमा कम्प्यूटर सिक्न जाँदा संगै आउनेजाने गर्दथे । कविताको बुवा भारतको राजस्थानमा रोजगारीको सिलसिलामा बस्ने भएकाले घरमा कविता र कविताकी आमा पुनम मात्र बस्दथे । तर गत माघ ९ गते राती देखि छोरो घर नफर्के पछि बुवा भागिराम चौधरीले छोराका साथीहरूलाई सोधपुछ गर्दा ‘विहेमा चान्देउ गएको छ’ भनेपछि ढुक्क भए । तर गत माघ १२ गते सम्म छोरो नफर्केपछी खोजतलास गर्ने क्रममा छिमेकी गाउँको आमाछोरी नै गायव भएपछि उनलाई आफ्नो छोरा उनीहरुले नै भगाएको पक्का भयो ।

ईलाका प्रहरी कार्यालय, पुनर्वासमा यस बारेमा गत माघ १२ गते निवेदन र फोटो दिईसक्दा पनि हालसम्म आफ्नो छोरा नभेटिएको र आरोपिहरु पक्राउ पर्न नसकेकाले आफुहरु निकै चिन्तामा परेको बुवा भागिराम चौधरीले बताए । ईलाका प्रहरी कार्यालय, पुनर्वासका ईन्चार्ज दलराम टमाटा आफूहरूले माथिल्लो निकायमा खबर गरिसकेको र तीब्र रूपमा अनुसन्धान कार्य भईरहेकोले यसको परिणाम छिटै सार्वजनिक हुने बताए ।
यो समाचारलाई सक्दो शेयर गरौ । ताकि अपराधी फेला परोस ।