कंचनपुर हत्याको विवेकशीलद्वारा विरोध - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कंचनपुर हत्याको विवेकशीलद्वारा विरोध



‍हिमाल पोस्ट /बुटवल 

कञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिकामा सीमा स्तम्भ र कल्भर्ट निर्माण बारे विवादमा भारतीय सीमा सुरक्षा बलले प्रहार गरेको गोली लागी नेपाली नागरिकको ज्यान गएको घटना प्रति विवेकशील नेपाली दल रुपन्देही घोर भर्त्सना गर्दछ । यो घटनाले हामी सम्पूर्ण नेपाली मर्माहित तुल्याएको छ । आज शुक्रवारका दिन विवेकशी नेपाली दल-रुपन्देहीले पुष्पलाल पार्कमा उक्त घटनाको विरोध स्वरूप शान्तिपूर्ण प्लेकार्ड प्रदर्शन गर्ने कार्यक्रम गर्‍यो ।

प्लेकार्डमा ‘हे सरकार! थुक्क तेरो पाराले, दुःद पाए साराले ‘ ‘जनता मार्न पाईदैन, निरीह सरकार चाहिदैन’ जस्ता नारा सहित प्रदर्शन गरिएको थियो ।

कार्यक्रम वि.ने.दल-रुपन्देहीका कार्यपालिका प्रमुख बिष्णुराज रेग्मीको संयोजकत्वमा भएको थियो, संयोजकले ‘यस्ता घटनाले हाम्रो राष्ट्रियता, सार्वभौमिकता, अखण्डता प्रति भारत द्वारा तिखो हस्तक्षेप भएको र यस प्रति सरकारले गम्भीर ध्यान दिनु पर्ने’ ‌ओँलाउँदै वि.ने.दल यस्तो संवेदनशील मुद्दा प्रति दिगो समाधान हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।