कन्द्रा नदीमा बेपत्ता पुरुष ७ घण्टापछि मृत भेटिए - Himal Post Himal Post
  • २ बैशाख २०८१, आईतवार
  •      Sun Apr 14 2024
Logo

कन्द्रा नदीमा बेपत्ता पुरुष ७ घण्टापछि मृत भेटिए



कैलाली – कैलालीको कन्द्रा नदीमा डुबेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

आफन्तको मलामी आएका घोडाघोडी नगरपालिका-४ रामपुरका ४५ वर्षीय कालु सिंह साउद आज साझ करिब ६:१५ मा मृत फेला परेका वडा नं ४ का अध्यक्ष टेक बहादुर बुढाले जानकारी दिए ।

नदीमा नुहाउनेक्रममा बेपत्ता भएका उनी करिब ७ घण्टा पछि सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव निकालेको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्टले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाउने तयारी भइरहेको भट्टले जानकारी दिए ।