कांग्रेसको बिशाल आमसभा चैत २९ गते भैरहवामा हुने - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कांग्रेसको बिशाल आमसभा चैत २९ गते भैरहवामा हुने



हिमाल पोष्ट / भैरहवा,चैत २४ । आगामी बैसाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा बिशाल आमसभा गर्ने भएको छ ।

सविधानमा भएका अन्तरबस्तु, पार्टीको धारणा तथा सवै नेपाली बचि एकता र सद्भावको सन्देस फैलाउने उदेश्यले यही चैत २९ गते भैरहवामा सभाको आयोजना गरीएको नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं सांसद अब्दुल रज्जाकले जानकारी दिए । भेलालाई केन्द्रीय नेताहरुले सम्वोधन गर्ने छन् ।

नेपाली कांग्रेसले प्रजातन्त्र, लोकतन्त्र स्थापना, सविधान लेखन, शान्तिप्रक्रीया, सविधान ससोधन तथा हाल अरुदलहरुलाई निर्वाचनमा सहभागी गराउन गरीरहेको पहलका बारेमा उक्त भेलामा प्रस्टाईने उनले बताए ।
नेपाली कांगे्रस केन्द्रिय निर्वाचन परिचालन समितीको आयोजना अन्तरगतको भेला भैरहवाको गल्लामण्डी स्थित हनुमान मन्दीर परिसरमा सभा गर्न लागेको हो ।

केही दिन अघी नेपाली काग्रेसले बरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको थियो । उक्त समीतीले पहीलो भेला कैलालीमा, दोस्रो भेला दाङ्गको तुल्सीपुरमा हुने छ । भने तेस्रो भेला रुपन्देहीको भैरहवामा हुन लागेको हो ।
आमसभाको पूर्व सन्धायमा भैरहवा ¥याली निकालीने जनाएको छ । सो आमसभालाई सम्पन्न गराउनका लागि विभिन्न समितीहरु गठन गरिएका छन् । जसमा जिल्ला कार्य समितीका सचिव राम कृष्ण खांणको संयोजक तथा रुपन्देहीका सात वटा क्षेत्रका क्षेत्रीय सभापती सदस्य रहेको यातयात व्यवस्थापन समिती गठन गरीएको छ ।

कोषाध्याक्ष दिपक क्षेत्री न्यौपाने संयोजक रहेको आर्थिक व्यावस्थापन समिती गठन गरीएको छ ।जसको सदस्यहरुमा रामेश्वर श्रेष्ठ र सुरेन्द्र जङ्ग थापा रहेका छन् ।

प्रचार प्रसार समितीमा जिल्ला सदस्य विशेश्वर प्रसाद बस्याल संयोजक रहने गरि शिव राम न्यौपाने र नेपाल पे्रस युनीयन रुपन्देहीका सबै सदस्य रहने गरी समीती गठन गरीएको छ । त्यस्तै ओम कुमर श्रेष्ठको संयोजकत्वमा मंच व्यावयापन समिती गठन गरिएको छ ।

जसको सदस्यमा जिल्ला सदस्य विष्णु थापा र रामकिसन विक रहेका छन् । नेपाल तरुण दल रुपन्देहीका सभापती सोम बहादुर गुरुङ्ग तथा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्यहरु स्वयसेवक समितीमा रहने छन् ।

भने निर्वाचन घोषण पत्र तयारी समितीमा हरि प्रसाद काफ्ले संयोजक रहने गरि पार्टीका ७ बटै क्षेत्रका क्षेत्रीय सभापती सदस्य रहेको समीती गठन गरीएको छ । भेलालाई सफल पार्न तयारी बिव्र पारीएको र भातृ तथा शुभेच्छुक संस्थाहरुसगं समेत छलफल गरीएको सचिव खाणँले जानकारी दिए ।