लथालिङ्ग काङ्ग्रेस, भताभुङ्ग भातृसङ्गठन - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

लथालिङ्ग काङ्ग्रेस, भताभुङ्ग भातृसङ्गठन



काठमाडौं । पार्टीको आन्तरीक विवादका कारण नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा निकै अप्ठ्यारोमा छन् । कांग्रेसमा देखिएको विवाद समाधान हुन नक्दा उनी अप्ठ्यारोमा परेका हुन् ।

पटक-पटक बसेको केन्द्रीय कार्यसमिति बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र प्रभावशाली नेता कृष्ण सिटौला समूहले बहिस्कार गरेपछि सभापति देउवा अप्ठ्यारोमा परेका हुन् । संस्थापन पक्षले बैठक बहिस्कार गर्ने संकेत देखाएपछि पछिल्लो समय त कांग्रेस केन्द्रीय समित बैठक नै बस्न सकेको छैन ।

पुस २६ गते सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता पौडेल पक्षले वहिष्कार गरेपछि देउवा अप्ठ्यारोमा पर्दै गएका हुन् । पार्टी भित्रको समस्या सतहमा देखिएको थियो ।

केहो पौडेलको असन्तुष्टिको जरो

सभापति देउवाले विभागहरूको संख्या थप गर्ने लगायतका प्रस्ताव बैठकमा ल्याएपछि पौडेल पक्ष असन्तुष्ट बनेको हो ।

१४औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघ भित्रको विवाद, तरुण दल लगायतका समस्या समाधान गर्ने विषयमा संस्थापन पक्ष गम्भीर नदेखिएको भन्दै वरिष्ठ नेता पौडेल पक्षधर नेताहरूको भनाइ छ ।

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर बैठक राख्नका लागि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक पुस १० गतेका लागि बोलाएका छन् । तर, त्यसबीचमा पनि सहमति जुट्ने सम्भावना क्षिण बन्दै गएको देखिएको छ ।

समस्या समाधान गर्न समिति गठन

सभापति देउवाले पार्टी भित्रका समस्या समाधान गर्न समिति नै गठन गरेका छन् । संस्थापन पक्षबाट उपसभापित विमलेन्द्र निधि र संस्थापन इत्तर पक्षबाट पूर्व महामन्‍त्री प्रकाशमान सिंहको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । उनीहरू पटक-पटक छलफल भए पनि छलफल निष्कर्ष बिहीन हुनेगरेको छ ।

विवादित विषय दुबै पक्षका शीर्ष नेताहरूसँग थप छलफल गरेर निष्कर्षमा वार्ता समितिले जनाएको छ ।

महाधिवेशन नजिक, विवाद झाँगिदै

वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको मुद्दालाई पनि प्राथमिकताका साथ उठाएका छन् । सभापति देउवाले महाधिवेशनको कार्यतालिका प्रस्तुत नगर्न खोजेको उनको आरोप थियो ।

पौडेल पक्षले २०७७ सालको मंसिर पहिलो सातामा महाधिवेशन गर्न प्रस्ताव गर्दै आएको छ । तर, संस्थापन पक्षले फागुनमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । यसमा पनि पार्टी विवादको हलो अड्‍किएको छ ।

लथालिङ्ग भातृ संगठन

नेपाली कांग्रेसका भातृ संस्था पनि लथालिङ्ग अवस्थामा पुगेका छन् । नेविसंघको अधिवेशन नभएको दश महिना पुगिसक्यो । तरुणदल नेतृत्व बिहीन बनेको दुई महिना भइसक्यो ।

आन्तरिक भागबन्डा नमिल्दा कांग्रेस भातृ संगठन लथालिङ्ग बनेका हुन् ।