कानुनविपरीत १२ सय कर्मचारी काजमा : किन मरिहत्ते गर्छन् कर्मचारी ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कानुनविपरीत १२ सय कर्मचारी काजमा : किन मरिहत्ते गर्छन् कर्मचारी ?



भदौ १६, काठमाडौं-

सरकारले निजामति सेवा ऐनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ ।

विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज पठाउने कानुनी व्यवस्था छ ।

तर कानुनी प्रावधानलाई मिच्दै कर्मचारीको फाइदाअनुकुल हुने गरी काजमा खटाउने प्रवित्रि बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो प्रवित्तिका कारण सेवाप्रवाह कमजोर भएको र कर्मचारी स्वार्थमा रमाउन थालेको आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ ।

सामान्य प्रशासन मन्त्रालयकाअनुसार अतिरिक्त लाभ हुने आकर्षक निकाय, पढाइ, लेखाइ र अन्य बाहिरी कामलाई सहज पुग्ने कार्यालयमै जानकै लागि कर्मचारी काज सरुवाका लागि मरिहत्ते गर्छन् ।