कपिलवस्तुमा ४२ जोडी गोरु नियन्त्रणमा - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कपिलवस्तुमा ४२ जोडी गोरु नियन्त्रणमा



हिमाल  पोष्ट / १८ पुस, काठमाडौं । गोरु तस्करीका लागि कपिलजस्तु मुख्य केन्द्र बन्दै गएको छ । जिल्लाका सीमावर्ती विभिन्न खुला नाकाहुँदै अवैध रुपमा भारतीय गाउँबाट गोरु नेपाल भित्रने गरेका छन् ।

 

विशेष गरी कुशहवा, भिल्मी, ठाकुरापुर र लक्ष्मीनगर नाकाबाट गोरु नेपाल भित्रने गरेको छ । केही दिन अघिमात्रै कृष्णनगर भन्सार नाकाबाट ४२ जोडि गोरु नियन्त्रणमा लिएपछि गोरु तस्करी बढेको प्रमाणित भएको हो । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

अवैध रुपमा ल्याइएका गोरुहरु झापाका विभिन्न खुला नाकाबाट भारतको पश्चिम बंगालतर्फ चोरीनिकासी हुने गरेको छ । पश्चिम बंगालमा ती गोरुहरु खेतीपातीका लागि भन्दा पनि मासुका लागि प्रयोग हुने गरेको छ ।

गोरुलाई मासुको प्रयोजनका लागि हुने चोरी तस्करी र ढुवानी रोक्नुपर्ने कपिलवस्तुवासीको माग छ ।