कपिलवस्तुका दशवटै स्थानीय तहमा विना अवरोध एकैसाथ चुनाव हुने :न्यौपाने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कपिलवस्तुका दशवटै स्थानीय तहमा विना अवरोध एकैसाथ चुनाव हुने :न्यौपाने



कपिलवस्तु २६  चैत्र
कपिलवस्तुका दशवटै स्थानीय तहमा विना अवरोध एकैसाथ चुनाव हुने बताउँदै नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य गिरधारीलाल न्यौपानेले यसपालिको चुनावमा माओवादी केन्द्र एक्लैले दशवटा स्थान मध्ये २मा चुनाव जित्ने दाबी गर्नु भएको छ । उहाँले ५ वटा स्थानीय तहमा राम्रै स्थान हासिल गर्ने बताउनु भयो ।

उहाँले दुई ठूलादल मध्ये काँग्रेस र एमाले दुवै सँग चुनावी सहकार्य गर्ने स्पष्ट पार्दै ती दुई मध्ये जुन चुनावी तालमेलका लागि उदार बन्छ उसैसँग सहकार्य हुने प्रष्टाउनु भएको हो । निर्वाचन सरोकार कार्यक्रममा विशेष अन्तरवार्ता दिँदै उहाँले त्यस्तो बताउनु भएको हो ।कपिलवस्तुका लागि निर्वाचन परिचालन समितिको इन्चार्जको जिम्मेवारीका साथ गृहजिल्ला फर्केको बताउँदै आम सञ्चार मध्यमवाट चर्चामा आएका मध्येवाटै हरेक स्थानीय तहमा उम्मेदवार वनाइने स्पष्टपार्नु भयो । उहाँले वैशाख ५ सम्म सबै ठाउको उम्मेदवार फाइनल हुने बताउनु भयो । कपिलवस्तुको हकमा शिवराज नगरपालिका र विजयनगर गाउँ पालिकामा माओवादी एक्लैपनि चुनाव जित्ने अवस्थामा रहेको दाबी गर्नु भयो ।

नयाँ शक्ति लगायतका सानादलहरु निर्वाचन चिन्ह पाउनवाट वञ्चित रहनुको रहस्य बताउँदै उहाँले भन्नु भयो डा. बावुराम भटटराई संयोजक भएर बनाइएको संविधानले नै उहाहरुलाई चुनाव चिन्हवाट वञ्चित गरेको हो । यता नेकपा माओवादी केन्द्रले बाड्गङ्गाको चुनावी अभियान सशक्त पार्न ५०१ जनाको निर्वाचन परिचालन तथा प्रचार प्रसार समिति गठन गरेकोछ ।सो समिति विष्णु बेल्वासेको संयोकत्वमा गठन गरिएको हो । बिहीबार बाणगंगामा सम्पन्न दोस्रो पूर्ण बैठकले त्यस्तो समिति बनाएको हो ।

बैठकमा बोल्दै पार्टीका पोलिटब्यूरो सदस्य गिरधारी लाल न्यौपानेले पार्टीले अघि सारेका सबै एजेन्डाले सार्थकता पाएकाले चुनावी नतिजा पनि माओवादीकै पक्षमा आउने बताउनु भयो ।विष्णु बेल्वासेको अध्यक्षता र नेत्र पाण्डेको सञ्चालनमा भएको बैठकमा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक विष्णु शाह ,बुद्धिजीवीका केन्द्रीय सचिव द्रोणराज सुवेदी लगायतले चुनावी अभियान व्यापक बनाएर सफलतामा पुराउने विश्वास प्रकट गर्नु भएको थियो