कपिलबस्तुका ५ वटा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)द्धारा सभापतिका उम्मेद्वारहरु चयन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कपिलबस्तुका ५ वटा क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)द्धारा सभापतिका उम्मेद्वारहरु चयन



विजय पौडेल , कपिलबस्तु/माघ२९ 

कपिलबस्तुका ५ वटा बहुमुखी क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)ले सभापतिहरुको उम्मेदवारहरु मनोनयन गरेको छ । स्ववियु निर्वाचन हुने ८ वटा बहुमुखी क्याम्पस मध्ये उक्त ५ वटा क्याम्पसमा उम्मेद्वारहरुको चयन गरिएको हो ।

जिल्लाको सिद्धार्थ बहुमुखी क्याम्पस बुङ्चीमा सभापतिको उम्मेद्वारमा मधुसूदन गन्धर्व, सचिवमा सागर केसी, कोषाध्यक्षमा मोनिका पोख्रेल र सदस्यहरूमा सरोज न्यौपाने, पुष्कर भुसाल, भागिरथ न्यौपानेलाई चयन गरिएको छ ।

बाणगंगा बहुमुखी क्याम्पस लौंगाईमा सभापतिको उम्मेद्वारमा मदन पौडेल, सचिवमा विशाल न्यौपाने, कोषाध्यक्षमा लक्ष्मी पाण्डे र सदस्यहरूमा भुवन पौडेल, खेम घर्ती मगर, मनु विश्वकर्मा, नवराज बेल्बासे, भगवती न्यौपाने, विक्रम खनाललाई चयन गरिएको छ ।

यस्तै कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवामा सभापतिको उम्मेद्वारमा वसिम खान, गौतम बुद्ध बहुमुखी क्याम्पस गोरुसिङ्गेमा मोहन केवट र नेपाल आदर्श बहुमुखी क्याम्पस शिवपुरमा शिशिर लामिछानेलाई सभापतिको उम्मेदवारी चयन गरिएको अनेरास्ववियु (क्रान्तिकारी) कपिलबस्तुले जनाएको छ । बाँकी उम्मेद्वारको मनोनयन आउदो आइतबार गरिने सङ्गठन विभाग प्रमुख जिएन पाण्डेले जानकारी दिनुभयो ।