चिसो बढे सगै जनजीवन कष्टकर बन्दै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चिसो बढे सगै जनजीवन कष्टकर बन्दै



शेरिफ केसी
कपिलवस्तु । हप्तादिन अगाडिदेखि एक्कासी अत्याधिक चिसो बढेपछि कपिलवस्तु जिल्ला बासीहरुकोे जनजीवन कष्टकर बनेको छ ।

शीत लहरसँगै चिसो बढेपछि जिल्लामा शीतलहरका कारण बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका बिरामी र असक्तहरु बढी प्रभाबित भएका छन् ।

चिसो बढेपछि जिल्लाको विद्यालयहरुमा विद्यार्थी संख्या मा कमि आएकोे छ भने बजार पसलमा मानिसहरुको चहल पहल पनि घटेको छ । अहिले चिसो बाट बच्नको लागी चोक चोक तथा टोलटोलमा मुढा दाउरा र परालको आगो बाली तापने गरेका छन ।

शीत लहर बढेसँगैं पशुचौपायालाई बोरा र कपडाहरु लगाईएको छ । जाडो बढदै गए पछि बजार, सवारीसाधनहरुमा स्थानियको चाप घटेको छ । जस्का कारण सरकारी कार्यालय, संघसंस्थाहरु सुनसान बन्दै गएका छन ।

जाडोकै कारण जिल्लाका बिद्यालयहरुमा पठन पाठन समेत प्रभावित भएको छ ।

शितलहरले बाली नाली, पशु र अन्य चौपायामा लगायत ठुलो मानिस र बच्चामा रुघा, खोकी, झाडा पखला, भई असर परेकोले यसबाट बाच्नका लागी सचेत रहन र तातो पर्ने उपया अपनाउनका लागी सुचना जारी गरिएको जिल्ला प्रशासन कार्यलयले जानकारी गराईएको छ ।