चुरे दिवस : कपिलवस्तु बाणगंगाको १० विघा क्षेत्रफलमा विरुवा रोपिँदै - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चुरे दिवस : कपिलवस्तु बाणगंगाको १० विघा क्षेत्रफलमा विरुवा रोपिँदै



काठमाडौं । ‘चुरे संरक्षण हाम्रो कार्यभार, बनाआैँ यसलाई समुद्धिको आधार’ नाराका साथ चुरे दिवस मनाइँदैछ ।

चुरे क्षेत्रलाई कसरी दीगो रुपमा संरक्षण गर्न सकिन्छ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति स्थापना भएको दिनको स्मरणमा प्रत्येक वर्ष असार २ गते चुरे दिवस मनाउने गरिएको  सदस्य विदुर भारतीले बताए   ।

दिवसका अबसरमा कपिलवस्तु बाणगंगाको १० विघा क्षेत्रफलमा विरुवा रोपिँदै  गरिदैछ । यस्तै चुरे क्षेत्रका ३६ जिल्लामा वृक्षारोपण तथा वन संरक्षणको मुख्य नारा सहित विभिन्न खालका सचेतनामूलक कार्यक्रम भैरहेका छन् ।

महाभारत पर्वत श्रृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमाना बीचको होंचो डाँडा र पर्वत श्रृंखलालाई चुरे भनिन्छ ।

नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रुपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ ।

पछिल्लो समय चुरेको वन विनाश, ढुंगा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ । चुरे संरक्षणका लागि आर्थिक वर्ष २०६७–२०६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सञ्चालन हुँदै आएको छ ।