मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा हटाउन काग्रेस - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा हटाउन काग्रेस



कपिलवस्तु, ५ मंसिर । देशमा वाम गठवन्धनले जितेमा मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा पर्ने कपिवस्तुका जिल्ला नेताहरुले बताएका छन् । कपिलवस्तुको यशोधरा गाउं पालिकाको वैदौलीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभामा यस्तो उनिहरुले बताएका हुन् ।

कागे्रस पार्टीका नेता तथा पुर्व राजदुत दिपकुमार उपाध्यायले एमालेबाट उम्मेदबारी दिनेहरु जनता छल्न स्वतन्त्र उम्मेदबार भन्ने प्रचारप्रसारमा लागेको आरोप लगाए ।
उनले राजनितीमा ईमान्दारीता नभए जनताले दुखी पाउने बताउदै मुलुक बचाउन समेत लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताए । सो अवसरमा बोल्दै नेपाली काँग्रेस जिल्ला प्रचार प्रसार समितीका संयोजक तथा पुर्व साँसद अतहर कमालले लोकतन्त्र र साम्यबादको लडाईका बेला निहित स्वार्थका कारण पार्टी बिरोधी गतिबिधीमा लाग्नेहरु कारवाहीको भागीदार बन्ने चेतावनी दिए ।

बामगठबन्धनका नाममा देशमा चाईनाको बर्चस्व ल्याउन खोजिएको बताउदै बामगठबन्धनले जिते मधेसी जनता र सिमा क्षेत्रका जनता समस्यामा पर्ने बताए । सो अवसरमा बोल्दै प्रदेशसभाका उम्मेदबार सुधाकर पाण्डेयले समय समयमा दल बदलनेहरु अहिले बामगठबन्धन भन्दै जनता झुक्याउने खेलमा लागेको बताए । निहित स्वार्थका लागी दल बदल्नेले जनतालाई अधिकार दिलाउन नसक्ने भएकाले लोकतन्त्र रक्षाका लागी काँग्रेस जिताउन उनले आग्रह गरे ।

सो अवसरमा बोल्दै कपिलवस्तु प्रतिनिधीसभा २ का उम्मेदबार तथा पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आाचार्यले बामगठबन्धनले जिते यो नै मुलुकका लागी अन्तिम चुनाव हुन सक्ने बताए । लोकतान्त्रिक व्यवस्थामा जनताले आफुलाई मन परेका व्यक्तिलाई निर्वाचित गर्न सक्ने भए पनि साम्यबादी सत्तामा जनताको सो अधिकार खोसिने उनले बताए । कार्यक्रममा बोल्दै पार्टीका पाका नेता लोकनाथ पाठकले स्वतन्त्रका नाममा एमालेबाट चुनाव लडनेहरु अहिलेको आफनो कदमले आफै पछुताउने बताए ।
पार्टीमा महाधिबेशन प्रतिनिधी रबि ठाकुरले लोकतान्त्रिक व्यवस्थामा मात्रै महिला र मानब अधिकारको संरक्षण हुने भएकाले काँग्रेसलाई जिताउनु पर्ने बताए । कार्यक्रमका अध्यक्ष मोल्बी हारुनले साम्यबादी सत्तामा धर्म, संंस्कृती र अधिकार माथी प्रहार हुने भएकाले आम मतदाता सजग हुनु पर्ने बताए । जगदिश पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा पार्टी नेता ज्योती दाहाल, क्षेत्रिय सभापति गृजेश पाण्डेय, समानुपातिक उम्मेदबार रिना बिक लगायतले सम्बोधन गरेका थिए ।