करन थापा मगरको दोस्रो एल्बम "एउटा गीत गाँउछु म”बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

करन थापा मगरको दोस्रो एल्बम “एउटा गीत गाँउछु म”बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २२ 

अर्घाखाँचीमा जन्मिएका गायक करन थापा मगरको नयाँ लोक पप एल्बम ” एउटा गीत गाउँछु म ” बजारमा आएको छ ।
थापाले आफ्नो दोस्रो एल्बम स्वरूप उक्त गीत बजारमा ल्याएका हुन् । यसअघि उनको हेर एक फेर नामक एल्बम बजारमा आएको थियो जुन गीतले राम्रै चर्चा बटुल्न सफल भयो ।

थापाले यो गीत मार्फत आफूलाई माया गर्ने कोही भए अाईदेउ जोबन खाली छ भन्दै आग्रह समेत गरेका छन् । थापाकै स्वर शब्द सङ्गीतमा रहेको यो गीतको म्युजिक भिडियो लाई निमा लामा तामाङले निर्देशन गरेका छन् भने सम्पादन / छायांकन विश्वास भण्डारीको रहेको छ । भिडियोमा निमा लामा तामाङ, अनिता गोले, अभि लामा, मिठू आले, सुवास नेपाली र प्रभा पौडेलको अभिनय देख्न सकिन्छ ।