अर्घाखाँचीकी २२ वर्षीय सुमित्रा कुमालको जबरजस्ती करणी पछि हत्या - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अर्घाखाँचीकी २२ वर्षीय सुमित्रा कुमालको जबरजस्ती करणी पछि हत्या



सहयोगी विसी / असार २, अर्घाखाँची

अर्घाखाँची जिल्लाको तत्कालीन चिदिका गा. बि. स. हाल छत्रदेब गाउँ पालिका वडा नं १ निवासी २२ वर्षीय सुमित्रा कुमालको जबरजस्ती करणी पछि हत्या भएको छ ।

सन्धिखर्क २ भद्रीखोला निवासी वर्ष २२ को रमेश बादी ले गुल्मी जिल्ला र अर्घाखाँचीको सिमाना चिदिकाको केदुवा खोलामा निज महिलालाई जबर्ज्स्ति करणी गरी शक्त घाइते भई उपचारका लागि पाल्पामा उपचारको क्रममा निजको मृत्यु भएको हो ।
घटनामा संलग्न रमेश बादिलाई घटना घटेको ४ घण्टामा नै बल्कोट प्रहरी चौकी र गुल्मीको खर्ज्याङ प्रहरी चौकिको प्रहरीको टोलीले प्रकाउ गरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा थुनामा राखिएको छ ।

अभियुक्त रमेश बादी विगत समयमा मथुरा स्थित एक घरमा रहेको भैसिको पाडी चोरेर खाएको विषयमा जिल्ला अदालत बाट ३७ हजार ५ सय जरिबाना र क्षतिपूर्ति सहित जिल्ला कारागारमा कैद भुक्तान गर्नुको साथ साथै निजले क्षतिपूर्ति बापतको रकम भुक्तान नगरे बापत प्रहरीले खोजबिन गरिरहेको थियो ।
सो क्षेत्रमा निजले बालुवा ,गिट्टी समेतको काम गर्ने गरेको बुझिएको छ ।
आपराधिक प्रवृत्तिको निजले सो भद्रीखोलामा अशान्ति मच्चाएको आरोपमा बारम्बार थुनामा पर्दै आइरहेको थियो ।
निजलाई जबर्ज्स्ति करणी ,कर्तव्य ज्यान, सम्बन्धी मुद्दा चलाउने तैयारी भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदिप कुमार डी. सी. ले जानाकारी दिनु भएको छ ।