करेन्ट लागेर एकको मृत्यु - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

करेन्ट लागेर एकको मृत्यु



हिमाल पोस्ट / राजविराज, ३ मङ्सिर ।
सप्तरीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक व्यक्तिको बिहिबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको मलेकपुर–२ निवासी ३० वर्षीय घुरन सदा रहेको प्रहरीले जनाएको छ ।

सदालाई बुधबार राति आफ्नै घरनजिक रहेको विद्युत् पोलमा विद्युत चोरीको हुकिङ लगाउने क्रममा करेन्ट लागेको थियो । घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस