करिष्मा मानन्धरले छोडिन् एमाले - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

करिष्मा मानन्धरले छोडिन् एमाले



काठमाडौँ – स्थानीय निकायको चुनावअघि निकै तामझामका साथ एमाले प्रवेश गरेकी करिष्मा मानन्धरले पार्टी छोडेको चर्चा भइरहेको बेला उनले राप्रपाको लागि भोट मागेकी छन् ।

स्थानीय निर्वाचनमा एमालेको लागि खुबै खटिएकी मानन्धर अहिले एमालेको कुनैपनि कार्यक्रममा सहभागी समेत भएकी छैनन् । कलाकारले विभिन्न पार्टीका व्यक्तिलाई समर्थन गरिरहेका बेला मानन्धर राप्रपाका खुलेकी हुन् ।

विभिन्न क्षेत्रमा कलाकारहरू समेत उम्मेदवार छन् । तर आफ्नै सहकर्मी चुनावी मैदानमा संघर्ष गरिरहँदा कलाकार मौन छन् । त्यसमाथि करिष्मा आफैं प्रवेश गरेको पार्टीमा सक्रिय नभएर राप्रपाको लागि मत माग्नुलाई अर्थपूर्ण मानिएको छ ।

एमाले प्रवेश गरेकी करिष्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङ क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेकी रेखा थापालाई भोट मागेकी छिन् । रेखा उठेको यो क्षेत्रमा एमालेबाट भानुभक्त ढकाल उम्मेदवार छन् । ढकाल केपी ओलीका प्रियपात्र समेत हुन् ।

रेखा केही समयअघि काठमाडौँको क्षेत्र नं ५ मा इश्वर पोखरेलको घरदैलौ कार्यक्रममा पनि देखिएकी थिइन् । तर खासै सक्रिय भने भइनन् । त्यसपछि उनी निष्क्रिय नै छन् ।

उनको नाम समानुपातिक सूचीमा रहने चर्चा चले पनि एमालेको समानुपातिक सूची उनको नामविनै निर्वाचन आयोग पुगेको थियो ।

उनले कलाकारलाई पनि राज्य बनाउने अभियानमा पुर्याउनुपर्छ भन्ने आसयसहित सामाजिक सञ्जालमा रेखा थापालाई भोट दिएर जिताउन मोरङ जिल्लालाई आग्रह गरेकी हुन् ।