कांग्रेसका पूर्वसांसद कार्कीको निधन - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कांग्रेसका पूर्वसांसद कार्कीको निधन



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसद गम्भीरजंग कार्कीको निधन भएको छ ।

उपचारकै क्रममा रहेका कार्कीको गएराति निधन भएको हो ।

नेपाली कांग्रेस पाल्पाका नेता हिमालदत्त श्रेष्ठले कार्कीको गएराति निधन भएको जानकारी गराउँदै उनी कांग्रेसका अविष्मरणीय नेता रहेको बताए ।

कार्की पाल्पा २ बाट २०४८ सालको निर्वाचनमा विजयी भएका थिए । आजै दुई बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।