नेपालका ३९औं प्रधानमन्त्री कमरेड प्रचण्डलाई विदेशी भूमि मकाउबाट खुल्ला पत्र:कर्ण बहादुर अधिकारी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

नेपालका ३९औं प्रधानमन्त्री कमरेड प्रचण्डलाई विदेशी भूमि मकाउबाट खुल्ला पत्र:कर्ण बहादुर अधिकारी



सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ज्यू,
नेपाल सरकार।
जय नेपालको न्यानो अभिवादन ! महोदय, म नेपालको राजनिति प्रति आस्था राख्ने ब्यक्ति भएर नै होला बिदेशी भूमिमा रहेर पनि देशको राजनिति माहौल परिबर्तन हुँदा मेरो भित्री मन मस्तिष्कबाट नै बिचारका ज्वारभाटाहरू सृजित हुन खोज्दछ त्यस कारण ती ज्वारभाटाहरूलाई शान्त गराउनका लागि कलमको सहारा लिने गरेको छु।

मेरो लेखाईको क्रममा केहि गलत वाक्याशंहरू लेखिन गएमा माफ गर्नु होला। नेपालको राजनितिको सेरोफेरोमा तपाई पुष्पकमल दाहाल ९प्रचण्ड० फेरी दोस्रो पटक प्रधानमन्त्री बन्नु भएकोमा सर्ब प्रथम हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु।तपाई नेपालको राजनितिमा १० कक्षा पढ्दा पढ्दै कम्युनिष्टका निष्ठावान कार्यकर्ता धन बहादुर बिकको बिचार प्रति आकर्षित हुँदै कम्युनिष्ट बनेको क्षण त अझै पनि तपाईको मन मस्तिष्कमा ताजा नै राख्नु भएको होला।धन बहादुर बिकले नै तपाईलाई रूपलाल बिकसंग परिचय गराएका रहेछन भने तपाईले रूपलाल मार्फत नै पुष्पलाल श्रेष्ठसंग सम्पर्क गर्न सफल हुनु भएको रहेछ।गरीव परीवारमा जन्मिएको तपाई बर्ष भरी नै खान नपुग्ने भए पछि तपाईको परिवार पहाडबाट मधेश झरेको रहेछ।

गरीवीको रेखा मुनी जातोमा सातु पिसिए झै पिसिएको तपाईको जीन्दगीलाई आज करोडौको सर्ब सुलभ बंगालामा बस्नका लागि त्यहि कम्युनिष्ट राजनितिले नै भर्याङको काम गर्यो।तपाई त्यहि राजनितिलाई नै प्रयोग गरी आज फेरी दोस्रो पटक नेपालको सम्माननीय पद प्रधानमन्त्रीमा आसिन हुनु भएको छ।मलाई लाग्छ जसरी तपाईको जीवनलाई फेरबदल गर्नका लागि राजनितिले प्रमुख भूमिका खेल्यो त्यसरी नै नेपाली जनताको जीवन स्तरलाई परिवर्तन गर्नका लागि तपाईले पनि भूमिका निभाउनु पर्ने होईन र रुतपाईहरू ब्यक्तिबादी सोचमा लीन भएर जनता प्रति उतरदायीत्व नहुनाले नेपाली जनताको भबिष्य अन्धकारमा नै डुबि रहेको छ भन्ने आभास भई रहेछ।

२०२८ सालबाट आधिकारीक रूपमा सुरू भएको तपाईको राजनितिले २०७३ सम्म आई पुग्दा के गर्यो कसो गर्यो भनेर भन्नु भन्दा पनि तपाईबाट नेपाली जनताले के पाए भन्ने हो।प्रथम पटक प्रधानमन्त्री हुँदा जनता र देशका लागि भन्दा पनि शक्ति कसरी मजबुत बनाउने भन्ने बिषयमा नै आर्मीका चीफ रूक्माङ्द कटुवालसंगको बिबादमा तपाईले प्रधानमन्त्रीबाट नै राजिनामा दिनु भयो अब दोस्रो पटक प्रधानमन्त्री बन्नु भएको छ यसबाट पनि जनताले केहि पाउन सक्दैन भन्ने अहिले नै लेखि दिएको छु कारण प्रधानमन्त्री पद बाडिचुडी खाने भएको हुँदा ९ महिना पछि कांग्रेसको भागमा जाने छ भनेर तपाईहरूले भद्र सहमतिमा बिश्वास नलागेर लिखित नै गर्नु भएको छ त्यसैले प्रधान मन्त्री ज्यू तपाई ९ महिना भित्र के गर्न सक्नु हुन्छरु९ महिनामा त कुर्ची मिलाउन नै भ्याउनु हुन्न तपाई फेरी उद्घाटन कार्यक्रममा भाग लिनै पर्यो रिवन काट्नै पर्यो,आफ्नो कार्यकर्ताको मन बुझाउनु नै पर्यो अनि समय बितेको त पत्तै हुँदैन त्यसैले जनताले तपाईबाट पनि खासै आश राखेका छैनन्। नेपालको गलत संसदीय प्रणालीको चक्रमा नराम्रोसंग नेपाल र नेपाली जनताहरू फसी रहेका छन।यस्तो शाशन प्रणालीले अब आउने शयौ बर्षसम्म पनि देशले निकास पाउन सक्दैन।आखिर राजनिति समाज सेवाका लागि नभई ब्यक्तिगत स्वार्थका लागि हुन भन्ने कुराहरू तपाईहरूको चरित्रबाट नै थाहा हुँदै गई रहेको छ।

तपाई आफै भन्नु होस के तपाईलाई १० बर्षे जन युद्धमा साथ दिएका ती मृतकका परिवार र घाईते बनेकाहरूको मुहारमा हासो ल्याउने काम तपाईले गर्न सक्नु हुन्छरुयुद्धमा गोली र बारूद शरीर भित्र घुसेका ती घाईते यौद्धाहरूको चराई रहेको दुखी रहेको घाउलाई तपाईले सान्त पार्न सक्नु हुन्छ।

ती कलिला हातहरूमा बन्दुक थमाएका कमरेडहरूको भविष्यको जिम्मा तपाईले लिन सक्नु हुन्छरुके जातीय पहिचान र सर्बहारा बर्गको उत्थानका लागि भन्दै भारतको काधमा चढेर गरीएको जनयुद्धमा मारीएका १६र१७ हजार नेपाली जनताको आत्मालाई तपाईले शान्ति दिलाउन सक्नु हुन्छर ।

यस्ता अनुतरीत प्रश्नहरू तपाई सामु धेरै छन तर ती युद्धका मैदानबाट थकित भएका यौद्धाहरू खाडी मुलुकको ५० डिग्रीको घाममा पसिना बगाई रहेका छन।तिनीहरूले यस्तो दिन आउँला भनेर बन्दुक उठाएका थिएन तर बास्तबिकता यस्तो माहौलमा परिणत भई दियो।त्यसैले प्रचण्ड ज्यू अझै सोच्नु होस आखिर क्रान्ति के का लागिरु हरेक पटक नयाँ प्रधान मन्त्री बन्दा सबै जनतामा यसले चाहि केहि गर्छकी भन्ने आशा राख्छन तर आशाहरू सबै निराशामा परिणत भई दिन्छन।

३८ औं प्रधानमन्त्री केपी शर्मा ओलीले देशको मुहार फेर्छु भन्दै राम्रा कामहरूको गुरू योजना तयार गरेका थिए तर उहाँलाई काम गर्ने माहौल नै सृजना गरी दिनु भएन तपाईहरूले उल्टो ओली सरकार ढाल्न तपाईले नै प्रमुख भूमिका निभाउनु भयो।अब हामीले पनि हेर्नु छ तपाईलाई ढलाउनका लागि कसले फेरी अर्को योजना तयार गर्ला भनेर त्यसैले प्रचण्ड ज्यू राम्रो काम गर्छु भन्नेलाई अगाडी बढ्छु भन्दा छिर्किनी लगाएर लडाउनु भन्दा अगाडी बढ्न दिनु पर्थ्यो तर त्यस्तो गर्न सक्नु भएन।

नेपाली जनताको बर्तमान समस्या के हो र कसरी समाधान गर्ने भन्ने कुरा तिर ध्यान दिनु होला।२०७२ सालको भुकम्पले थलिएका जनताका हितका लागि तत्कालै काम गर्नु पर्ने देखिन्छ।पुरातात्बिक महत्व बोकेका भौतिक संरचनाहरूलाई निर्माण गर्न जरूरी देखेको छु।२०७३ साल असार र श्राबण महिनामा बाढी पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवार र घरबार बिहिन भएका हरूलाई सरकारले पहिलो प्राथमिकताका साथ राहत देखि ब्यबस्थापन गर्न जरूरी छ।तराईका भूभागहरूलाई बाढीले डुबाएको छ त्यहाँको जनतालाई पनि उचित सहयोग पुराउनु पर्दछ।शिक्षा स्वास्थ्य लगाएतका क्षेत्रमा अझै लगानी गर्नु पर्दछ।नेपालाई सिंगापूर र स्वीजरल्याण्ड बनाउछु भन्नु भन्दा पनि नेपाललाई नेपाल नै बनाई त्याहाँको जस्तो बिकासको योजना चाहि ल्याउन सक्नु पर्दछ। कम्युनिष्ट पार्टी भनेको सर्बहारा बर्गको पार्टी हो भन्ने बुझेको छु तर तपाईहरूमा त्यस्तो देखिएन पार्टी र राजनिति भनेको कमाई खाने भाडो मात्र रहेछ भन्ने नेपाली जनताले बुझ्दैछन।यसपालीको माघमा मात्रै जाडो काटियो भनेर ढुक्क हुने होईन अर्को साल पनि माघ आउँछ भन्ने कुराको हेक्का हुन जरूरी छ।पदीय लोभ र भागबण्डाले गर्दा नेपालको राजनिति माहौललाई नै खलल पुराउने काम हुँदैछ त्यसैले यस्ता कुराहरूलाई बेलैमा महसुस हुन जरूरी छ।

९र९ महिनामा गर्भवती महिलाले बच्चा जन्माए झै नयाँ नयाँ सरकार जन्माउन बिबश छन हाम्रा देशका राजनितिक दलका नेताहरू।

शायद उहाँहरूलाई यस्तै बानी बसी सकेको छ।त्यसैले प्रधानमन्त्री ज्यू राष्ट्र र राष्ट्रियताका लागि भन्दै एक आपसमा बिबाद निकालेर सरकार फेर्ने कामलाई निरन्तरता दिने माहौललाई रोक्ने बिकल्प खोज्नु होला।आशा छ तपाईको दोस्रो कार्यकाल पहिलाको भन्दा नितान्त फरक हुने छ।सधै भरी नेपाली जनतालाई साथ दिनु होला अपेक्षा गर्ने काम कहिले पनि नगर्नु होला। जय नेपाल।