प्रदेश नम्बर ३ को सह-महामन्त्रीमा धर्मराज पौडेलको जित सुनिश्चित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

प्रदेश नम्बर ३ को सह-महामन्त्रीमा धर्मराज पौडेलको जित सुनिश्चित



 कर्ण अधिकारी

९ बर्ष देखि महाधिवे13933087_1091076397639995_642379697_nशन हुन नसकेको नेपाल कांग्रेस को भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन बाटै नेतृत्व चयन हुने भएको छ।पार्टी सभापति शेर बहादुर देउवाले आफू निकट नेता हरुलाइ निबास मै बोलाएर कुनै पनि हालतमा महाधिवेशन रोक्न नहुने र निर्वाचनबाटै नेतृत्व चयन गर्नको लागि निर्देशन दिनु भयो छ ।

नेबि संघ को निर्वाचन गराउनको लागि पार्टीले केन्द्रिय सदस्य डा.प्रकाश शरण महत को संयोजक रहेको निर्देशन समिति समेत गठन गरेको छ। उक्त समितिले अनशनमा रहेका र अरु सबै पक्ष सङ छलफल गरिरहेको छ । सोमबार सबै विवाद मिलायर मंगलबार र बुधबार मा निर्वाचन हुने निश्चिति भयको एक स्रोत ले बतायो ।

यसै बिच पार्टीका नेताहरु विवाद मिलाउन लागे पनि विद्यार्थी नेता हरु भने आफ्नो चुनावी प्रचार मा लागेका छ्न । त्यस क्रममा लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा कृयासिल रसुवाका पुर्ब जिल्ला अध्यक्ष धर्म राज पौडेलको प्रदेश नम्बर ३ बाट सह-महामन्त्रीमा निर्वाचित हुने पक्का छ । पौडेल हाल उहाँ शीत प्रतिस्पर्धामा रहेका हरु भन्दा सिनियर र अब्बल देखिन्छ । तीन पटक ने बि संघ रसुवाको अध्यक्ष रहेर आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरेका पौडेल जन आन्दोलन ६२/६३ मा बालाजु क्षेत्रमा विद्यार्थी मोर्चाको समेत नेतृत्व गरेका थिय ।

पौडेल जनआन्दोलन का घाइते पनि हुन।ग्रामीण आदर्श बहुमुखी क्याम्पस नेपालटारका इकाई अध्यक्ष समेतको जिम्मेवारी समालेका पौडेल यस महाधिवेशनबाट सह महामन्त्री हुने पक्का पक्की रहेको छ । उहाँ जस्तो बिद्यार्थी नेतालाई केन्द्रिय नेतृत्वमा ल्याउदा नेपाल विद्यार्थी संघ ले गति लिने महाधिवेशन प्रतिनिधि माधव शर्माले बताउनु भयो ।