नेतृत्व पंक्तिले गौरवका साथ काँग्रेसी हुँ भन्ने माहौल सृजना गर्न सक्नु पर्दछ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

नेतृत्व पंक्तिले गौरवका साथ काँग्रेसी हुँ भन्ने माहौल सृजना गर्न सक्नु पर्दछ



कर्ण बहादुर अधिकारी मकाउ,चीन।
नेपालको राजनीति घटना क्रमलाई विश्लेषण गर्ने हो भने नेपालका नेता र जनता नेपालको राजनीति भूमरीमा रूमलि रहेको पाउने छौ।देशलाई समुनत र सही मार्ग दर्शन दिनेछौ भनी जनताका सामु प्रतिबद्धता जाहेर गरेका नेताहरूको बहुला र ढोगी पनाले गर्दा नेपाली जनतालाई नेपालको राजनीति प्रति नै वितृष्णा सृजित भएको छ।राजनीतिको शाब्दिक अर्थलाई नेपाली जनता सामु राजनीति दलका नेताहरूले बुझाउन नसक्नुको नै यसको मूल कारक तत्त्व हो।

नेपाली जनतालाई आ-आफ्नो भावना र बिचार अनरूप राजनीति पार्टी चयन गर्न पाउनु उसको नैसर्गीक अधिकार हो भन्दा फरक नपर्ला किनकि हरेक राष्ट्रका नागरिकको राजनीति प्रति उत्तर दायित्व भूमिका हुनु पर्दछ।जब सम्म देशमा राजनीतिले निकास पाउँदैन तब सम्म विकास हुने सम्भावना एक दमै न्यून हुन्छ।अझै नेपालको विषयमा भने राजनीति गर्नेहरूको पछाडि विभिन्न स्वार्थ लुकेको हुनाले जनतामा विपरीत धार सृजित हुनु स्वभाविकै हो।

नेपालमा च्याउ सरी उम्रिएका नेपालका राजनीति दलका आ-आफ्नै नीति,उद्देश्य साथै बिचारहरू छन्।सबैको नारा प्राय एउटै हुन्छ देश र जनता प्रति उत्तर दायित्व हुन्छौ भनेर किताबी पानामा अझै भनौ विधानमा यस्ता कुराहरू चित्रण गरिए पनि विधानलाई बोकेर हिँड्ने नेताहरूको लापर्बाहीका कारण नेपालको राजनीतिमा अस्थिरता छाएको हो।”मुखमा राम राम बगलीमा छुरा” भन्ने उखान झैँ आफ्नो चरित्र निवारण गर्ने नाट्यकर्मी नेताहरूको असली रूपले गर्दा न त राजनीति नै राम्रो भो न त देशले नै समुनतको बाटो रोज्न सक्यो।

नेपालको राजनीतिमा कम्युनिस्टका खोल ओढेका माक्सबाद,लेलिन वाद र माओबादलाई आत्मसात गर्ने नेपालका वामपन्थी कम्युनिस्टहरू,राष्ट्रबादी र राजाबादी हुँ भन्ने पार्टीहरू र लोकतन्त्रमा विश्वास राख्ने काँग्रेस पार्टी लगाएतका अन्य साना तिना दलहरूले नेपालको राजनीतिमा आआफ्नो भूमिका आआफ्नै तवरबाट निवारण गरी रहेको छ।यी पार्टीहरू मध्यका नेपालको सबै भन्दा पुरानो साथै नेपालको राजनीति कालखण्डमा नेतृत्व दायी भूमिका निवारण गर्दै अगाडी बढेको राष्ट्रियता,लोकतन्त्र र समाजवादको मूल मन्त्रलाई आत्मसात गर्दै जनता सामु विगत ७ दशक देखि प्रस्तुत भएको पार्टी नेपाली काँग्रेसको कार्यकर्ता बन्न पाउनु पनि गौरवको कुरा हो र आफूले आफैलाई गौरववान्बित पनि ठान्नु पर्दछ।

आजको यस स्वर्णीम पल सम्म आई पुग्दा लाखौ लाख नेपाली जनता काँग्रेसको चारतारे झन्डा मुनि गोलबद्ध भएर उभिएका छन्।नेपाली काँग्रेसले नेपाल र नेपाली जनता सामु २००७ साल देखि २०७३ साल सम्म बर्चश्व राख्न सफल पनि भएको छ तर वर्तमान घटनाक्रमलाई नियाल्दा नेपाली काँग्रेसका नेतृत्व पंक्तिले गरेका केही कमी कम्जोरीका कारण अन्य पार्टी सामु नेपाली काँग्रेसका कार्यकर्तालाई केही असहज स्थिति सृजित भएको छ।वास्तवमा भन्ने हो भने कुनै पनि पार्टीका कार्यकर्ताहरूलाई अरूका सामु गौरवले शिर उठाई हिँड्ने माहौल सृजित होस भन्ने चाहन्छन।

काँग्रेसका नेतृत्व पंक्तिले पार्टी भित्रका आन्तरिक समस्याहरूलाई समाधान गर्न नसक्नुका साथै अन्य राजनीति दलहरूसँग गरिने अपरिपक्क व्यवहारका कारण बेला बेलामा विवादमा मुछिदै आएको छ।केही समय अगाडी मात्रै आईजीपी न्युक्ति प्रकरण र राजदूत सिफारिसका विषयमा पार्टी भित्र विवाद चुलिनुका साथै सामाजिक सञ्जालमा नराम्रो आक्षेप खेप्नु पर्‍यो।पार्टी सभापतिका मातहातका केही नेताहरूसंगको समन्वय पश्चात् गरिने एकल निर्णय नै पार्टीका लागि घातक बनी रहेको छ।जसका कारण सिङ्गो पार्टीको शाख जनता सामु धमिल्याउन खोजिएको प्रस्ट देखिन्छ।विगतमा गिरिजा बाबु संस्थापन हुँदा पनि यस्ता एकल निर्णय नभएको होइन तर देउवाको पालामा सुधार हुनु पर्नेमा झनै चरम उत्कर्षमा पुगेको छ।

पार्टीको १३औं महाधिवेशन सकिएको यति लामो समय भई सक्दा पनि कार्य समितिले बिस्तार नपाउनु एक लज्जास्पद कुरा हो।पार्टीलाई अनिर्णयको घेरा बन्दीमा राख्नु पक्कै पनि राम्रो कुरा होइन।पार्टी भित्र चरम रूपमा गुट बन्दीले प्रश्य पाउनु भनेको पनि राम्रो लक्षण होइन।पार्टी भित्र युवा नेताहरूलाई युगान्तकारी भूमिका निवारण गर्न दिनु पर्ने अवस्थामा त्यस्तो माहौल सृजित गर्न सकिएको छैन।नेपाली काँग्रेसले आफ्नो उत्तरदायित्व र जिम्मेवारीलाई मध्य नजर राख्दै २१ औँ शताव्दीका नेपाली जनताको भावनासंग मेल खाने किसिमले जन नायक बीपी कोइरालाको सपनाहरूलाई आत्मसात गर्दै समाजवादका नीति मूल्य र मान्यतालाई पहिल्याउदै देश र जनताको हितमा काम गर्न सकेको खण्डमा मात्र काँग्रेसी हुँ भनेर हिँड्ने ७० लाख भन्दा बढी काँग्रेसको कार्यकर्ताले गौरवले शिर उच्च पार्दै २/४ वटा कुराहरू समाजमा राख्न सक्दछन।यदि यस्ता कार्यहरूलाई पार्टीका नेतृत्वले अवलम्बन गर्न सकेन भने कार्यकर्ताको न त मन नै खुसी हुने छ न त गौरव नै त्यस कारण नेतृत्वमा बसेकाहरूले गौरवका साथ काँग्रेसी हुँ भन्ने माहौल सृजना गर्नु पर्दछ।