करनालमा सांस्कृतिक कार्यक्रम सम्पन्न ,भारतीय नेताले समेत लगाए नेपाली टोपी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

करनालमा सांस्कृतिक कार्यक्रम सम्पन्न ,भारतीय नेताले समेत लगाए नेपाली टोपी



अर्जुन खनाल /फाल्गुन ९, नयाँ दिल्ली 

भारतको हरियाणा राज्यको करनालमा नेपाली सांस्कृतिक परिषदद्वारा भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

हरियाणा राज्यकै सहरी स्थानीय विकास मन्त्रि कविता जैनको मुख्य अथिति सम्पन्न उक्त कार्यक्रममा मुख्य बक्ता नेपाली सांस्कृतिक परिषदका अन्तराष्ट्रिय अध्यक्ष अशोक चौरासिया ,अति विशिष्टअथितिहरु हिन्दु रास्ट्र पुनःस्थापना मंचका सस्थापक अध्यक्ष ई .बिष्णु प्रसाद बराल ,भाजापा जिल्ला अध्यक्ष भगवान दस कबिर्पंथी ,कुरुक्षेत्र बिभागका  बिभाग संचालक डा .गोपाल कृष्ण,मेयर नगर निगम करनालकि श्रीमती रेणु वाला गुप्ता ,प्रदेश कार्यकारणी सदस्य भाजापाका जगमोहन आनन्द ,प्रदेश महामन्त्री भाजापा अधिवक्ता बेदपाल सिंह ,नेपाली राजदुतावासका प्रतिनिधि  एस एस पी यादवराज खनाल र ओम जोशीको उलेख्य उपस्थिती रहेको थियो ।

दिल्लीका प्रतिनिधि सस्थाहरुबाट पशुपति सम्पर्क मंचका तुलसी ढकाल ,सुपा देउराली टुर एण्ड ट्रावल्सका हरि भट्टराई ,टप सेकुरिटीबाट ओम शर्मा ,ग्लोबल आईएमीबाट  दिपेन्द्र ढकाल,हेमन्त अधिकारि ,आर एम सिएलबाट भिम प्रसाद भुसाल ,गुरगाउबाट ललित जिसी र राजेस कोईराला  आदिको पनि  उपस्थिति रहेको थियो ।बेटी बचाओ बेटी पढ़ाओ अन्तर्गत रहेर हेमन्त अधिकारीले गीति नाट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भारतीय अतिथिसबैलाई अशोक चौरासियाले नेपाली ढाकाटोपी लगाएर स्वागत गर्नु भएको थियो ।सोहि क्रममा उहाले जया र हम्सको ग्रुपलाई पाच हजार एक सय रुपैयाँ दिने घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा मुख्य अथिति कबिता जैनले नेपाल भारतको मैत्री सम्बन्ध,दुई देश बिचको धार्मिक सम्बन्ध जुन अन्य देश संग मेला नहुने भन्दै नेपालीहरुको कार्यक्रममा आउनु सौभाग्य भएको बताएकी छन् ।दुई देश बिचको साझा सस्कृति भएको हुनाले हामीले हाम्रो सस्कृतिलाई बचाउने पर्ने थप बताईंन ।सोहि अवसारमा जैनले दुई लाख पचास हजार नेपालीहरुले कार्यक्रम गर्दा सहयोग गर्ने मंचबाटै धोषणा समेत गरेकी छन् ।

भारतमा पहिला ९४ प्रतिसत हिन्दु भएको तर ऐलेको परिपेक्ष्यमा ५९.५४ प्रतिसत  मात्र रहेको भन्दै नेपालमा पनि हिन्दुको संख्या घट्दै गएको  भन्दै हिन्दु धर्म जोगाउनु पर्ने ाअन्यथा हिन्दु धर्म संकटमा पर्ने कार्यक्रममा उपस्थित हिन्दु नेता ई .बिष्णु प्रसाद बारालले बताएका थिए ।बरालले हिन्दु धर्मलाई  केहि धर्मले जबर्जस्ती परिवर्तन गर्न  लगाएको आरोप समेत लगाए ।

कार्यक्रममा अधिकांस उपस्थित भारतीय अतिथिले दुई देश बीच भाईचाराको सम्बन्ध रहेको भन्दै उक्त सम्बन्धलाई कायम राख्न सुझाब पनि दिएका थिए ।उनीहरुले नेपाललाई कठिन परिस्थितिमा अन्य देशले भन्दा भारतले नै सहयोग गरेको भनी  भूकम्पको उदाहरण दिदै मर्दा पर्दा नजिकको  नै काम लाग्ने भन्दै नेपाल प्रति सदैब सकारात्मक रहेको बताएका थिए ।

कार्यक्रममा  स्थानीय कलाकार जया थापा र  हंस ग्रुप मधुवनले  भरपुर मरोरंजन दिएका थिए ।महिला समूह मधुवनले पनि  स्वयंसेविकाको राम्रो भूमिका खेलेको तियो थियो ।

कलाकार अमृता बारालले आधुनिक गीतबाट दर्शकको ध्यान केन्द्रित गरेकी थिईन।लगत्तै लोक गायक राम गहतराजले माहोललाई नै तताए उनले दर्शकलाई बेस्सरी नचाउदै उनले दर्शक रातभरी नाचे आफु गीत गाउन नथाक्ने पनि बताएका थिए ।गायक मिलन बिसीले आमा मुनिको भाउजु हो भदै भाउजुबाट सम्मान थापेका थिए ।उनले पनि आफ्ना प्रस्तुतिबाट दर्शकालई राम्रै मनोरंजन  दिए  ।हास्य कलाकार एवं गायक कमल भट्टराईले पनि दर्शकलाई गीत संगै पेट मिची मिची हसाएका थिए ।कमल भट्टराईले बिजय बम्देल संगै ऐलेको बर्तमान परिवेशलाई व्यंग गर्दै सेल्फी खिच्ने देखि लिएर अन्य विकृतिलाई गतिलो झापड हानेका थिए ।नबिन न्यौपाने,तरा लामिछाले मगर ,ज्योति गौतम ,लिगेस भट्टराई ,संगीता बराल ,आदिले आफ्नो राम्रो प्रस्तुति दिएका थिए ।सोहि दिन योगा मास्टर शुशील पोख्रेलले योगाका विभिन्न आसन दर्शलाई देखाएका थिए ।

कार्यक्रमा करनालको पुरानो सब्जी मन्डीमा भएको थियो ।जसमा भगवती भट्टराई, कृष्ण प्रसाद भट्टराई र खेम चन्दको संयुक्त रुपमा संचलानमा सम्पन्न भएको थियो ।