सम्राज्यवाद र बिस्तारवादका बिरूद्धमा लडेको माओबादी आखिर भारतीय बिस्तारवादको शरणमा ! « Himal Post | Online News Revolution
Logo

सम्राज्यवाद र बिस्तारवादका बिरूद्धमा लडेको माओबादी आखिर भारतीय बिस्तारवादको शरणमा !



कर्ण बहादुर अधिकारी

लग भग २१ बर्ष अगाडी माओबादलाई शिरमा राखेर माओबाद जिन्दाबाद भन्दै अमेरीकी सम्राज्यबाद र भारतीय बिस्तारबादको बिरूद्धमा खरो रूपमा प्रस्तुत भएको माओबादीको असली रूप त २१ बर्ष पछाडी एेना झै छर्लङग् देखिएको छ।बिगतमा ती भनिएका र गरीएका कुराहरू सबै एक नराम्रो सपना नै थिए भन्ने पक्षमा छन आज ती प्रचण्ड पथलाई आत्मसात गर्दै अगाडी बढेका कमरेडहरू।आखिर जे नहुनु थियो त्यो भई सकेको छ १७ हजार मान्छे मार्ने मराउने काम सकि सकेको छ।अझै पनि बेपत्ता भएका हरूको परीवार झिनो आशामा बेपत्ता भएकाहरू घर फर्किन्छन की भन्दै क्षितिज पारी धमिलोमा रूमली रहेका छन।

द्वन्द कालिन अबस्थामा कति बिदुवा भए कति बिदुर भए अनि कति टुहुरा टुहुरी भए भन्ने बारेको गणना न त सरकार संग नै लिखित रूपमा छ न त माओबादीसंग नै अझै पनि त्यसको लेखाजोखा नै छैन।यति धेरै ठूलो भयानक क्षतिको साथ भारतीय बिस्तारबाद र अमेरीकी सम्राज्यबादका बिरूद्धमा लडेका माओबादीका सुप्रिम कमाण्डर देखि जन मिलिसिया सम्मको मुहार र गतिबिधि हेर्दा टिठ लागेर आउछ अनि भन्न मन लाग्छ आखिर जन युद्ध के का लागि भनेर।१० बर्ष लामो जनयुद्ध लडेका माओबादी अन्त्यमा नेपालको प्रजातान्त्रिक संसदीय प्रणालीलाई नै अंगाल्न पुगे त्यहि संसदीय प्रणालीको उपहार स्वरूप कमरेड प्रचण्ड २ चोटी र बाबुराम भट्टराई १ पटक प्रधानमन्त्री बन्न सफल भए भने नारायण काजी श्रेष्ठ,कृष्ण बहादुर महरा,टोप बहादुर रायमाझी,अग्नी सापकोटा लगाएत दर्जनौ कमरेडहरू मन्त्री बन्न सफल भए।त्यसरी नै सभामुख जस्तो गरीमामय पदमा पनि माओबादी कै ओन्सरी घर्ति आसिन छिन। हामीले माओबादीका नेता देखि कार्यकर्ता सम्मलाई जनयुद्ध के का लागि भन्ने प्रश्न गर्यौ भने सहजै जवाफ दिन्छन त्यो समयको माग र हाम्रो बाध्यता थियो भन्छन साथै कस्तो बाध्यता थियो भन्दा यसको जवाफ सहज तवरबाट दिन सक्दैनन किनकी २०४७ सालको संबिधान प्रति बिमति जनाउदै ४८ सुत्रीय माग राखेर तत्कालीन शेर बहादुरको सरकारलाई माग पत्र बुझाएका थिए र सरकारबाट समस्या समाधान नहुने भए पछि जन युद्धमा होमिएका थिए।

युद्धकालीन समयमा भारतका बिभिन्न भूभाग र नेपालका दुर्गम बस्तिहरूमा सेल्टर लिएर युद्ध लडेका माओबादीहरूले भारतका बिरूद्धमा खुलेरै बिरोध गर्दै आएका थिए।हामी सबैलाई थाहा छ नेपालमा जनयुद्ध फैलाउने काममा भारतले नै प्रमुख भूमिका खेलेको थियो किनकी भारत नेपाललाई शान्ति र समुनत भएको देख्न चाहदैन।यसरी माओबादीलाई खुलेरै सहयोग गर्दा पनि माओबादीको जुन सुकै कार्यक्रममा पनि माओबादीले भारतीय बिस्तारबाद र अमेरीकी साम्राज्यबाद मुर्दाबाद भन्न र लेख्न छुटाएनन। आज पनि त्यो २१ बर्ष अगाडी भारतीय बिस्तारबाद र अमेरीकी सम्राज्यबाद मुर्दाबाद भनि लेखिएका शब्दहरू रोल्पा र रूकुम लगाएतका दुर्गम गाँउ बस्तिहरूमा अझै पनि मेटिएका छैनन होला तर त्यहि अक्षरहरू लेख्नका लागि प्रोत्साहन गर्ने र गराउने माओबादीका केन्द्रिय नेताहरू भने कुर्ची मोहमा फसेर बिगतका ती सबै घटनाहरू सपना हुन र थिए भन्दै अगाडी बढि रहेका छन।

जनयुद्धको समयमा जीवनको आहुती दिने यौद्धाहरूको आत्मा आज सम्म पनि भड्की रहेका होलान किनकी माओबादीले हिजोका दिनमा खाएका र गरेका बाचाबन्धनहरू सबै किन भुल्दै र तोड्दै छ भनेर।त्यस्तै युद्धको मैदानमा घाईते र सक्ला रहेकाहरू पनि माओबादी भित्र यस्तो दिन आउँला भनेर कल्पना सम्म पनि गरेका थिएनन होला।माओबादी सर्वहारा बर्गको पार्टी हो भन्थे तर ब्यबहारमा त त्यस्तो देखिएन।यदि माओबादी सर्वहारा बर्गकै पार्टी भएको भए त कमरेड प्रचण्ड प्रधानमन्त्री बन्दै गर्दा स्वकीय सचिवमा प्रकाश दाहाललाई नै किन बनाउनु पर्थ्यो त?सायद यसको जवाफ त्यति सहज छैन।देशबाटै राजतन्त्रको अन्त्य भई सक्दा पनि उत्तराधिकारी चयन गर्ने प्रथा त अझै पनि जीवित नै रहेछ भन्ने आभाष हुँदैछ। जातीय पहिचान सहितको संघीयता र सर्बहारा बर्गको उत्थान गर्ने भन्दै ती किताब र कापी बोक्ने कलिला हातहरूमा ग्रिनेट,बम बारूद साथै गोली गट्ठा बोकाएर युद्धको मैदानमा लडाएर रमिते बनेका माओबादीका सुप्रिम कमाण्डरहरू ती सबै पलहरू भुलेर आज त्यहि बिस्तारबादी भारतसंग सहकार्य गर्नका लागि र उनीहरूको आदेश पालना गर्नका लागि केपी शर्मा ओलीको सरकार ढलाएर नेपाली कांग्रेस पार्टीको प्रस्ताबकमा र मधेशबादी दलहरूको समर्थनमा माओबादी सरकारमा गएको देख्दा भने घृणा जागेर आउँछ। कांग्रेस र माओबादीको सरकार गठन हुँदा भारत किन खुशी?नेपाल भारतको उपनिवेश त होईन नी नेपालका हरेक सरकार परिवर्तनमा भारतको चासो किन? नेपालको संबिधान बन्दा भारतलाई किन टाउँको दुखाई?भारत नेपालको एउटा असल मित्र हो मित्रको स्थान मित्रमा नै सिमित भएको राम्रो।नेपालमा सरकार बन्छ तर सरकार चलाउने साचो चाहि भारतलाई बुझाउनु पर्ने किन?जसरी भारत हाम्रो मित्र राष्ट्र हो त्यसरी नै चीन पनि मित्र राष्ट्र नै हुन।

त्यसैले भारतले नेपाल माथि गरीने हस्तक्षेप न त नेपालीलाई स्वीकार्य हुन्छ न त नेपाललाई नै त्यसैले हामी सबैले मनन गरौ सार्वभौम सम्पन्न देश नेपाल भारतको गुलाम बन्नु पर्छ भन्ने छैन।स्वतन्त्र राष्ट्र हो स्वतन्त्र नै रहन चाहन्छ।राष्ट्र र राष्ट्रियताका बारे बिभिन्न राजनितिक दलहरूका झण्डा बोकेर हिडेका नेताहरूको बुद्धिको बिर्को खुल्न जरूरी छ नतमस्तक भएर भारतको गुलाम नबनौ।नेपालका नेताहरूमा चेतना शुन्य रह्यो भने नेपाललाई भारतले सिक्किम र दार्जलिङलाई खाए झै खान बेर लगाउने छैन।नेपाल रहे मात्र हामी नेपाली रहने हो। माओबादीले धेरै ठूलो सपना देखाएर १० बर्षसम्म जनयुद्ध हाके पनि अन्त्यमा देश परिवर्तन गर्छु भन्नेहरू आफै परिबर्तन हुन पुगे।माओबादी जन युद्धले नेपाली जनतालाई सजग त गरायो तर ईतिहासमा नै भुल्न नसक्ने पीडा चाहि दिएकै हो।पार्टी सर्बहारा बर्गको लागि भए पनि केन्द्रिय स्तरका नेताहरूले आफ्नै ब्यक्तिगत समुनतिका लागि मात्र लागि परी रहे।जनयुद्धमा बन्दुक बोक्नेहरू खाडी मुलकमा ५० डिग्रीको तापक्रममा देश र परिवारलाई सम्झदै मजदुरी गर्न बिबश छन।त्यस कारण हामीले सोच्नै पर्छ नेपालमा कम्युनिष्ट भन्ने नै छैन छन त केवल कम्युनिष्टका खोल ओढेकाहरू मात्र ।

आखिर १७ हजार मार्ने मराउने काम किन गरेछन त माओबादीहरूले? नेपालमा लोकतन्त्र र संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल बनाउन माओबादीको मात्रै हात छैन यसमा त कांग्रेस लगाएत सात दलहरूको निर्णायक भूमिकाबाट नै स्थापना भएको हो।धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न चाहि राजनितिक दलका केहि सिमित नेताहरूले पश्चिमाहरूको लोभ लालचमा फसेर नेपाली जनताको भावनालाई ख्याल नै नगरी हिन्दु राष्ट्रबाट धर्म निरपेक्ष राष्ट्र घोषणा गरेका थिए।यदि नेपाल सरकार भारत सरकारको सेरोफेरोमा रूमलिई रह्यो भने नेपाललाई अझै ठूलो धोका भारतबाट हुन सक्छ।माओबादीका नेताहरूले जति नै ठुला र आदर्शका कुरा गरे पनि आखिर भारतीय बिस्तारबादका सामु झुकेरै छाडे।यस्तो प्रथाको अन्त्य कहिले होला?सारा नेपाली जनता समुनत नेपाल देख्न चाहन्छन ताकी भारतको गुलाम होईन।