घरजग्गाको कारोबार बढ्यो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

घरजग्गाको कारोबार बढ्यो



१३ पुस, काठमाडौं । आज काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाको आर्थिक पृष्ठमा विभिन्न समाचारले स्थान पाएको छ ।

अन्नपूर्ण पोष्टले घर जग्गाको कारोवार बढेको समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै तराईमा उखुको मूल्य तोकिएको समाचारलाई पनि स्थान दिएको छ ।
‘थप दुई नाकाबाट बल्क कार्गो ढुवानीमा ढिलाई’ भन्ने समाचारलाई नयाँपत्रिकाले मुख्य समाचार बनाएको छ । मलेशिया जाने कामदारसँग अनावश्यक शुल्क लिनेलाई कारबाही तयारीको समाचारलाई पनि स्थान दिएको छ ।

अभियान दैनिकले ब्रोकर शाखा विस्तारको प्रस्ताव धीतोपत्र वोर्डमा भन्ने समाचारलाई मुख्य समाचार बनाएको छ । मुख्य नाकामा भारु प्रतिबन्धको असरबारे अभियानले लेखेको छ- घट्यो गैरबैंकिङमाध्यमबाट हुने आयात ।

हिमालयन हवाई रुट-२ खोल्न भारत सहमत भन्ने समाचारलाई कारोवार दैनिकले मुख्य समाचार बनाएको छ । विपन्न वर्गमा सिधै १५ अर्ब कर्जा भन्ने समाचारलाई पनि महत्वपूर्ण स्थान दिएको छ ।