अमेरिकाको सडकमा कारुणिक दृश्य: घुँडा टेकेर माफी माग्दै प्रहरी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

अमेरिकाको सडकमा कारुणिक दृश्य: घुँडा टेकेर माफी माग्दै प्रहरी



काठमाण्डौ – पछिल्लो समय अशान्त बनेको अमेरिकाको सडकमा कारुणिक दृश्य देखिएको छ । प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेक छन् ।

अमेरिकामा कालो वर्णका मानिसको प्रहरी नियन्त्रणमा ज्यान गएपछि सुरु भएको हिंसात्मक प्रदर्शन उग्र बनेपछि प्रहरीले घुँडा टेकेर शान्तिको याचना गर्न थालेका छन् ।

प्रदर्शन हिंस्रक बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीको अगाडि घुँडा टेकेर माफी माग्दै शान्तिको याचना गरेको भिडियो र फोटो सामाजिक सञ्चारमाध्ययम र सामाजिक सञ्जालमा राखिएका छन् । बीबीसीले घुँडा टेकेर माफी मागेको भिडियो राख्दै प्रहरीले हिंस्रक बनेको आन्दोलन रोक्न चालेको नयाँ रणनीति भनेको छ ।

घुँडा टेकेपछि प्रहरीको अगाडि पुगेका प्रदर्शनकारी केही शान्त देखिएका छन् । आठ दिनअघि मिनियापोलिसमा प्रहरीले एक अश्वेत नागरिकलाई कारबाट निकाली घाँटी थिचेर ह’त्या गरेको भन्दै अमेरिकासँगै अरु थुप्रै देशमा आन्दोलन चर्किएको छ ।

प्रहरीले ह’त्या गर्ने प्रहरी अधिकारीलाई बर्खास्त गरी उनीसहित अरु चार जनालाई पक्राउ गरेको छ । अहिले अमेरिकाका ४० वटा शहरमा कर्फ्यु लगाइएको छ ।