कार्य नेपालको आयोजनामा परम्परागत कालिका नाँच बुटवलमा सम्पन्न(भिडियो सहित) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कार्य नेपालको आयोजनामा परम्परागत कालिका नाँच बुटवलमा सम्पन्न(भिडियो सहित)



समिर प्रकाश पाण्डे

हाम्रो संस्कृति हाम्रो शान, परम्परागत कालिका नाँच हाम्रो पहिचान करिब ५ हजार वर्ष पहिले देखि शक्तिका रुपमा मनाउँदै आइएको परम्परागत नाँच कालिका नाँचको संरक्षण गर्ने हेतुले बुटवलको देविनगरमा आयोजना गरिएको कालिका नाँच भब्य तथा सब्य तरिकाले संपन्न भएको छ ।14550594_1427840323899950_1864107557_o 14551099_1427840100566639_573890999_o

दुर्गा भवानीको संहार रुप कालीका देवीले महीसासुर राक्षसलाई संहार गरेपछि उहाँकै संझनामा नाचिने कालीका नाँचमा बुटवलका स्थानिय तथा अरु जिल्लाबाट अाई बसोबास गर्नेहरुको बाक्लो उपस्थिति थियो ।

हाम्रो धर्म र संस्कृतिसँग जोडिएको उपयोगिताबादी प्रवृत्ति अन्तरनिहीत यस परम्परालाई कार्य नेपाल ले संरक्षण गर्न खोजेकोमा उपस्थित बुद्धिजिवीहरुले बदाई तथा शुभकामना दिएका थिए कार्यक्रममा प्रमुख अतिथि रुपन्देहि प्रमुख जिल्ला अधिकारि बिष्णु प्रसाद ढकाल, बिशिष्ठ अतिथि अञ्चल प्रहरी प्रमुख शेरबहादुर बस्नेत, त्यस्तै जिल्ला प्रहरी प्रमुख बुद्धि राज गुरुङ्, अतिथि नेपाल पत्रकार महाशंघ का निबर्तमान अधक्ष्य दीपक ज्ञावाली, शान्ति समिति संयोजक रुपन्देही का निबर्तमान अधक्ष्य ज्ञानु पौडेल, केरुङ्गाली समाज का संस्थापक अधक्ष्य खिमानन्द पाण्डे, देबिपुरी समाज का अधक्ष्य दुर्गा खनालको उपस्थिति थियोे ।

देबिपुरी  सेवा  समाज  र  केरुंगा बुटवल सम्पर्क समाज ले सहकार्य  गरेको उक्त कार्यक्रम  को  आयोजना  कार्य नेपाल ले  गरेको  थियो  भने कार्यक्रम को अध्यक्ष्यता कार्य नेपालका  अध्यक्ष  राजिब  खनालले गर्नु  भएको कार्यक्रमको संचालन अमृता अनमोल ले गर्नु भएको थियो ।

 14550948_1427840147233301_626432960_o