कसरी नाङ्गियो नेपाली सङ्गीत क्षेत्र ? कलाकार देखी नेपाल अाइडल सम्म दोषी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कसरी नाङ्गियो नेपाली सङ्गीत क्षेत्र ? कलाकार देखी नेपाल अाइडल सम्म दोषी



किंग खनाल /काठमाडौं,साउन २०

नेपालको सङ्गीत क्षेत्र सुन्दा मिठो सुनिन्छ तर यहाँ भित्रका कहानी अचम्म अचम्मका छन् । एउटा व्यवसायीले अर्को व्यवसायीलाई गन्दैनन , सङ्घर्ष गर्दै गरेको कलाकारलाई सफल बन्न दिंदैनन, अस्वस्थ प्रतिस्पर्धा देखि पैसा वालालाई रोडमा ल्याउने सम्मका कहानी छन् यहाँ भित्र ।

यो क्षेत्र विकृत किन बन्यो ?

नेपालमा कलाकारिताको कुनै मापदण्ड छैन । पैसाको भरमा गायक वा मोडल बन्ने, लोक संस्कृत बोकेको गीतमा तिघ्रा देखाएर नाच्ने, शब्द र अर्थ ख्याल नगरी जस्तो पायो त्यस्तै गीत गाउने, रातारात चर्चित बन्ने होडमा जे पनि गर्न पछि नपर्ने, देखासिकी गर्नेहरुकै कारण यो क्षेत्र विकृत बनेको बुझिन्छ ।नेपाली सङ्गीत क्षेत्र कहिले पुष्कल शर्माको भुमरीमा पर्छ त कहिले चर्चा बटुल्ने नाममा जे को पनि यु ट्युब खेती गर्ने कलाकारको जन्जालमा । यहाँ गीत सङ्गीत र कलाकारको लागि लड्ने भनेर खोलिएका थुप्रै सङ्घ संस्था छन् तर, सबै जसो सङ्घ संस्था खुराफात गर्ने र आफ्नो फेबरका कलाकारलाई प्रमोट गर्न व्यस्त छन् ।

यही वर्षको तीजलाई हेर्नेहो भनेपनि वर्षको एउटा तीज गीत गाएर गायक गायिका बन्ने होडमा धेरै युवा युवती लागेको देखिन्छ । अझ कतिपयले त आफ्नो केही दिनको चर्चा कमाउन तीज र सिङ्गो साङ्गीतिक क्षेत्रलाई नै विकृत बनाएको देखिन्छ ।

उदेक लाग्दो कुरो त के छ भने करोडौको कारोबार हुने र हजारौँले रोजगारी पाएको यो क्षेत्रमा न त राज्यबाट कुनै प्रोत्साहन मिल्छ न त सङ्घ संस्थाबाट नै । त्यति मात्र होइन यहाँ धेरै जसो कलाकारहरू जनताको र राज्यको बन्न सकेका छैनन् । कोही गुटका कलाकार बने त कोही पार्टीका कार्यकर्ता ।

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष जुवाको खालबाट पक्रिन्छन र मिडियालाई प्रयोग गरेर चोखो देखिने प्रयास गर्छन्, प्रतिष्ठानका पधादिकारीहरु कसलाई पछार्ने कसलाई उकास्ने भन्ने दाउ खेलेर बस्छन । प्रस्तोता समाजका अध्यक्ष एउटा म्युजिक कम्पनीसँग जुवारी खेलेर बस्छन । म्युजिक कम्पनीका संचालकहरु एक अर्कालाई गाली गलौजमै व्यस्त हुन्छन् । यस्ता धेरै कहानी छन् जो यहाँ बताएर नसकिनेस्रष्टाका सृजना चोरिन्छन आवाज उठाइदिने कोही हुँदैन । व्यावसायिक काममा गीत सङ्गीत प्रयोग हुन्छन् आयोजकहरु लाखौँ कमाउछन रोयल्टीको बारेमा बोलिदिने कोही हुँदैन । ठुला ठुला महोत्सव र कार्यक्रमहरू हुन्छन् प्रतिभा भएकालाई भन्दा चाप्लुसी गर्नेले अवसर दिइन्छ ।

किन पाउंदैनन स्रष्टाले रोयल्टी ?

नेपालमा र विदेशमा गरी लगभग दिनहु नेपाली आयोजकहरुले व्यावसायिक साङ्गीतिक कार्यक्रमहरू गरिरहेका हुन्छन् एउटा कलाकारले अन्य कलाकारका गीत पनि गाउछन तर उसको गीत प्रयोग गरे बापत झिनो रोयल्टी दिने व्यवस्था पनि छैन ।प्रत्यक वर्ष गायन क्षेत्रका रियालिटी शोहरु गरिन्छ, यी सबैजसो व्यावसायिक नै हुन्छन् त्यहाँ पनि स्रष्टाका गीत र सङ्गीत प्रस्तुत हुन्छन् । संसारका धेरै राष्ट्रमा यसरि प्रयोग गर्दा रोयल्टी दिने चलन छ तर, नेपालमा करोडौं कमाउने आयोजकहरुले पनि रोयल्टी दिने गरेका छैनन् । अचम्मको कुरा त के छ भने यस्ता कार्यक्रमहरूमा आयोजक देखि जज सम्म साङ्गीतिक फिल्डकै व्यक्तिहरू हुन्छन् उनीहरू पनि यो बारेमा केही बोल्दैनन् ।

अहिले नेपालमा चलिरहेको साङ्गीतिक मेघा रियालिटी सो नेपाल आइडलमा सबै जसो गीत पहिले बनेका र चर्चित गीतहरू प्रयोग भए अझ भनौं तिनै गीत र सङ्गीत प्रयोग भएर कार्यक्रम हिट बन्यो तर, रोयल्टीको आवाज सम्म उठेन । स्पोन्सर कम्पनीले ठुलो रकम कार्यक्रमलाई दिन्छ, यु ट्युबबाट ठुलो रकम कमाइ हुन्छ, एस एम एस बाट उस्तै पैसा आउँछ त्यो बाहेक जनताले नदेखेका अझै धेरै क्षेत्रबाट रकम आउँछ होला तर जसले गीत बनाए जसले गीत गाए जसले सङ्गीत गरे उनीहरूलाई उपेक्षा गरिएको छ ।

नेपाल आइडलको रोयल्टीको विषयमा नेपाल सङ्गीत रोयल्टी सङ्घ पनि मौन बस्नु दालमा केही कालो छ भनेजस्तै हो ।

नेपाल आइडल मात्र हैन पहिले चलेका नेपाली तारा, खोजी प्रतिभाको, घिन्तांग लगाएतका अन्य शोहरुले पनि केही दिएनन स्रष्टालाई । गीत सङ्गीत क्षेत्रबाट केही आवाज आएपनि आवाजलाई दबाउने र साथ नदिने काम भयो ।

के हुनुपर्छ त ?

यी र यावत देखिएका समस्या निराकरण गर्न र नेपाली साङ्गीतिक क्षेत्रलाई सम्वृद पार्न नेपाल सरकारले यसको छुट्टै कानुन बनाउनु पर्ने देखिन्छ । सम्बन्धित सङ्घ संस्थाहरूले ब्यक्तिबादलाइ होइन सिङ्गो साङ्गीतिक क्षेत्र समेटेर काम गर्नु पर्छ । आवश्यक परे संस्थाको नेतृत्व परिवर्तनको लागि सबैले आवाज उठाउनु पर्छ । गायक गायिकाले गीतको शब्द हेरेर मात्र गाउने र क्षेणिक चर्चा कमाउनको लागि मात्र कलाकारले काम नगर्ने हो भने यो क्षेत्र राम्रो बन्न सक्छ ।