कश्मीरमा भिडन्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कश्मीरमा भिडन्त



श्रीनगर : जम्मु–कश्मीरमा भिडन्त भएको छ । कश्मीरको रामबान जिल्लामा भारतीय सुरक्षा फौजले भिडन्तको क्रममा तीनजना आतंककारीको मृत्यु भएको जनाएको छ ।

प्रहरीले आफ्नो तर्फबाट एक सिपाहीको पनि मृत्यु भएको जनाएको छ । जम्मु कश्मीरस्थित सैनिक प्रवक्ता कर्नेर देवेन्द्र आनन्दका अनुसार दुई प्रहरी घाइते भएका थिए ।

आतंककारी समुहले श्रीनगर जाँदै गरेको यात्रुवाहक बसलाई हाइवेमा रोकिदिँदा भिडन्त भएको प्रहरीको भनाइ छ । भारतीय सेनाकै पोशाकमा आएका आतंककारीहरुसँग दिउसो बिहान १२ बजेपछि भिडन्त भएको बताइएको छ ।