काश्मिरमा धोनीको यस्तो तयारी: देला त सरकारले अनुमति ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काश्मिरमा धोनीको यस्तो तयारी: देला त सरकारले अनुमति ?



एजेन्सी ।भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले काश्मिरमा क्रिकेट एकेडेमी खोल्ने भएका छन् ।

युवा खेलाडीलाई प्रशिक्षण दिन धोनीले काश्मिरमा एकेडेमी खोल्ने तयारी गरेका हुन् । धोनीले खोल्ने एकेडेमी निशुल्क हुनेछ ।

धोनीले एकेडेमीका लागि काश्मिर विवादपछि खेलकुद मन्त्रालयसँग अनुमति माग्ने जनाएका छन् ।

अहिले धोनी जम्मु-काश्मिरमा लेफ्टिनेन्ट कर्नेलको तालिममा व्यस्त रहेका छन् । धोनी साउन ३० गते सम्म भेक्टर फोर्समा रहने छन् ।

धोनीले यस ट्रेनिङका लागि क्रिकेटबाट २ महिनाको छुट्टी लिएका थिए ।

हाल भारतीय राष्ट्रिय किकेट टोली वेष्ट इण्डिज भ्रमणमा रहेको छ ।